BIZMANDU
www.bizmandu.com

एचएण्डबीको पाँच प्रतिशत नगद लाभांस, रेसुङ्गाले प्रस्ताव गर्यो २२ प्रतिशत बोनस सेयर

२०६९ मंसिर ११

काठमाडौं । एचएण्डबी विकास बैंकले सेयरधनीलाई पाँच प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांस राष्ट्र बैंकको स्वीकृती र साधरणसभाबाट अनुमोदन भएपछि वितरण हुनेछ । बैंकले गतवर्ष सेयरधनीलाई साढे छ प्रतिशत लाभांस दिएको थियो ।
बैंकको नाफा घटेपछि लाभांसको दर पनि घटेको हो । अघिल्लो आर्थिक वर्षमा पाँच करोड १५ लाख रुपैयाँ मुनाफा गरेको बैंकले त्यसअघिल्लो वर्षमा १२ करोड १२ लाख रुपैयाँ मुनाफा गरेको थियो ।
उता रेसुङ्गा विकास बैंकले सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको शुक्रवार बसेको सञ्चालक समितिको बैठकले लाभांस प्रस्ताव गरेको हो । बैंकले मंसिर ३० गते साधरणसभा गर्दैछ । बैंकले अघिल्लो वर्ष १५ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांस गरी २६ प्रतिशत लाभांस दिएको थियो । अघिल्लो दुई करोड रुपैयाँ मुनाफा कमाएको बैंकले अघिल्लो वर्ष एक करोड ३३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

Tata
GBIME
Nepal Life