BIZMANDU
www.bizmandu.com

उखुको मूल्यमा कृषक र व्यवसायीवीच विवाद, किसानले माग ५२५, व्यापारीले तोके ४२१

२०६९ मंसिर ११

काठमाडौं । उखु उत्पादन भएपनि चिनी उत्पादक व्यवसायी र उखु उत्पादक किसानबीच उखुको मूल्य तोक्न सकिएको छैन । आइतबार उखु उत्पादक महासंघ र चिनी उद्योग संघबीच भएको छलफल पनि विनानिष्र्कष टुंगिएको छ ।
किसानले उखुको समर्थन मूल्य क्विन्टलको ५ सय २५ रुपैयाँ तोक्न प्रस्ताव गरेपनि व्यवसायीले असहमति जनाएका छन् । तर संघले भने उखुको मूल्य ४ सय ४१ रुपैयाँ तोक्न सकिने जनाएको छ ।

Tata
GBIME
Nepal Life