BIZMANDU
www.bizmandu.com

जापानमा १२ नेपाली ट्रेनी कामदारको माग, मासिक तलव एक लाख ४२ हजार

२०६९ मंसिर ११

जापानमा १२ नेपाली ट्रेनी कामदारको माग, मासिक तलव एक लाख ४२ हजार
जापानमा १२ नेपाली ट्रेनी कामदारको माग, मासिक तलव एक लाख ४२ हजार

काठमाडौं । नाप इन्टरनेशनलले जापानमा कामदारको माग ल्याएको छ । कम्पनीले ‘कन्स्ट्रक्सन टे«नी’मा १२ जना कामदारको माग ल्याएको हो । सरकारले जिट्को अन्तर्गत प्रशिक्षार्थी कामदार पठाउन पाउने प्रावधान अनुसार कम्पनीले कामदारको माग ल्याएको हो । यो कामका लागि जानेले मासिक १ लाख ४२ भत्ता पाउनेछन् ।  सरकारले तीन वर्ष अघि म्यानपावर कम्पनीलाई समेत जापानमा प्रशिक्षार्थी कामदार पठाउन खुल्ला गरेको थियो ।
जापान जान कामदारले पचास हजार रुपैयाँ तिर्नुपर्नेछ । जापान जान हवाई टिकटको व्यवस्था कम्पनीले गर्नेछ भने भिसा निशुल्क हुनेछ । यो कामका लागि जान औद्योगिक कलकारखाना, कृषि सहकारी, होटेल क्षेत्रमा कम्तीमा दुई वर्ष काम गरेको हुनुपर्छ । यो वाहेक जापानी भाषा र सम्वन्धको तालिम लिएको हुनुपर्छ ।

Tata
GBIME
Nepal Life