BIZMANDU
www.bizmandu.com

भौतिक कारवाही गर्ने घोषणापछि जिएमआरको चिन्ता, सुरक्षाका लागि सरकारलाई लेख्यो पत्र

२०६९ मंसिर ९

काठमाडौं । भारतीय जलविद्युत कम्पनी जिएमआरले नेकपा–माओवादीले घोषणा गरेको आन्दोलनप्रति चिन्ता व्यक्त गरेको छ । माओवादीले भारतिय लगानीमा रहेका जलविद्युत कम्पनीमाथि भौतिक कारवाही सुरु गर्ने घोषणा गरेपछि जिएमआरले चिन्ता व्यक्त गरेको हो ।
कम्पनीले सरकारलाई पत्र लेखेर आयोजनाको सुरक्षामा चिन्ता जाहेर गरेको हो । माओवादीले भारतीय लगानीमा रहेको कम्पनीलाई धपाउन दस्ता नै गठन गरिसकेको छ । जिएमआरले नौ सय मेगावाटको माथिल्लो कर्णाली निर्माण गरिरहेको छ ।

Tata
GBIME
Nepal Life