BIZMANDU
www.bizmandu.com

एसबिआई बैंकले ६८ लाख रुपैयाँ बराबरको एफपिओ गर्ने, दुईअर्ब ६० करोड हकप्रदका लागि प्रस्ताव

२०७२ माघ २२

एसबिआई बैंकले ६८ लाख रुपैयाँ बराबरको एफपिओ गर्ने, दुईअर्ब ६० करोड हकप्रदका लागि प्रस्ताव
एसबिआई बैंकले ६८ लाख रुपैयाँ बराबरको एफपिओ गर्ने, दुईअर्ब ६० करोड हकप्रदका लागि प्रस्ताव

काठमाडौं। नेपाल एसबिआई बैंकले ६८ लख रुपैयाँ बराबरको ६८ हजार कित्ता फर्दर पब्लिक अफरिङ (एफपिओ) गर्ने भएको छ। एसबिआई बैंकले आफ्नो सेयर संरचनामा सर्वसाधारण समूहको प्रतिनिधित्व ३० प्रतिशत पुर्याउन एफपिओ गर्न लागेको हो।
 
'अहिले बैंकको सेयर संरचनामा ३० प्रतिशत भन्दा थोरै कम छ, त्यसलाई नियमअनुसार बनाउन एफपिओ गर्न लागिएको हो,' बैंकका कम्पनी सचिव रमेश घिमिरेले भने। बैंकले फ्रेस भ्यालु एकसय रुपैयाँमा लिलामी गरी यो सेयर बेच्नेछ।
 
बैंकले यो वर्ष चुक्ता पुँजीको २७ प्रतिशत अर्थात ८२ करोड रुपैयाँ बराबरको बोनस सेयर पनि दिँदैछ। आइतबार बस्ने साधारणसभाले बैंकको बोनस सेयर वितरणको प्रस्ताव पारित गर्नेछ। यो बोनस वितरणपछि बैंकको चुक्ता पुँजी तीन अर्ब ८७ करोड रुपैयाँ पुग्नेछ।
 
बैंकले साधारणसभाबाट नै दुई अर्ब ६० करोड रुपैयाँको हकप्रद निष्काशनका लागि पनि स्वीकृति लिने पनि जनाएको छ। पुँजी वृद्धि योजना अनुसार नै हकप्रदका लागि साधारणसभामा यो प्रस्ताव लैजान लागेको हो। बैंकको यो हकप्रद आगामी वर्ष निष्काशन हुनेछ।
 
बैंकले चालु आर्थिक वर्षको नाफाबाट आगामी वर्ष एकअर्ब ६ करोड रुपैयाँ बराबरको बोनस सेयर दिने योजना पनि बनाएको छ। यस्तै आर्थिक वर्ष २०७३/०७४ को नाफाबाट एकअर्ब १० करोड रुपैयाँको बोनस दिने पनि घिमिरेले जानकारी दिए।
 
दुवै वर्षको बोनस वितरणपछि बैंकलाई आठ अर्ब चुक्ता पुँजी पुर्‍याउन एकअर्ब ९७ करोड रुपैयाँ नपुग्ने भएपनि दुई अर्ब ६० करोड रुपैयाँ बराबरको हकप्रद निष्काशनका लागि साधारणसभाबाट स्वीकृति लिन लागेको घिमिरेले बताए।

Tata
GBIME
Nepal Life

चालु अार्थिक वर्षको माैद्रिक नीतिमा व्यवस्था भएअनुसार २०७४ साल असार मसान्तसम्ममा बैंककाे चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउनु पर्छ । बैं‌कले बाेनस र हकप्रदबाट पुँजी पुर्याउने छ ।