BIZMANDU
www.bizmandu.com

जियोनीले एम फाइभ लाइट फोन नेपाली बजारमा ल्याउने, २० हजार रुपैयाँ, ४००० एमएएच ब्याट्री

२०७२ माघ २१

जियोनीले एम फाइभ लाइट फोन नेपाली बजारमा ल्याउने, २० हजार रुपैयाँ,  ४००० एमएएच ब्याट्री
जियोनीले एम फाइभ लाइट फोन नेपाली बजारमा ल्याउने, २० हजार रुपैयाँ, ४००० एमएएच ब्याट्री

काठमाडौं। जियोनीले म्याराथन सिरिजको नयाँ फोन एम फाइभ लाइट नेपाली बजारमा ल्याउने भएको छ। १.३ गिगाहर्जको क्वाड प्रोसेसर रहेको यस फोनको म"ल्य १९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ।

Tata
GBIME
Nepal Life

एम फाइभ लाइटमा पूर्ण मेटालिक, अल्ट्रा स्लिम युनिबडी रहेको यसमा पाँच इञ्द्वको एच डि स्क्रिन पर्योग भएको छ। यो फोन आकर्षक रंग 'श्याम्पेन गोल्डेन'मा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
 

यस मोवाइलमा जियोनीको आफ्नै सफ्टवेयर अमिगो ३.१ प्रयोग भएको छ। यो फोन एन्ड्रोइडको ५.१ को अपरेटिङ सिस्टमबाट सञ्चालित रहेको कम्पनीले जानकारी दिएको छ।

यस फोनमा ८ मेगापिक्सलको प्राइमरी क्यामरा छ भने पाँच मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ। यस मोवाइलमा ३ जिबीको र्‍याम र ३२ जिबीको रोम रहेको कम्पनीले जानकारी दिएको छ।  
 
एम फाइभ लाइटमा ४००० एमएएच क्षमताको ब्याट्री रहेको छ। यस फोनमा रहेको रिभर्स ओटिजी प्रविधिमार्फत दुई अन्य फोन पनि चार्ज गर्न सकिने कम्पनीले जानकारी दिएको छ।