BIZMANDU
www.bizmandu.com

सिजीको ग्यास गिजर बजारमा, मूल्य छ हजार रुपैयाँ

२०६९ मंसिर ७

सिजीको ग्यास गिजर बजारमा, मूल्य छ हजार रुपैयाँ
सिजीको ग्यास गिजर बजारमा, मूल्य छ हजार रुपैयाँ


काठमाडौं । चौधरी समूहको कम्पनीले सिजी ब्राण्डमा ग्यास गिजर बजारमा ल्याएको छ । जाडो मौसममा उपभोक्ताको सुविधाका लागि सिजी ब्राण्डको ग्यास गिजर ल्याएको कम्पनीले जानकारी दिएको छ । सिजीले ग्यास गिजर जाडो र गर्मी दुबै मौसमको लागि उपयुक्त हुने, अटो ग्यास लिकेज र चाइल्ड लकको व्यवस्था भएको तथा गिजरमा डिजिटल डिस्प्ले, ह्याण्ड सावरको सुविधा भएको बताएको छ ।
दूई वटा मोडलमा पाइने ग्यास गिजरको मूल्य पाँच हजार ९९० र छ हजार १९० तोकिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले गिजर भाइब्रेन्ट सेतो र क्लासिक कालो रङ्गमा उपलब्ध भएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life