BIZMANDU
www.bizmandu.com

कर सप्ताह आजदेखि समापन हुँदै, कर कार्यालयहरुमा चियापान कार्यक्रम

२०६९ मंसिर ७

काठमाडौं । कर प्रति जनचेतना जगाउन सरकारले सुरु गरेको कर सप्ताह कार्यक्रम आज समापन हुँदैछ । कर तिर्ने बानी बसाउने उदेश्यका साथ सुरु भएको यो कार्यक्रम देशभर विभिन्न कार्यक्रमसहित मनाइएको थियो ।
अर्थमन्त्री वर्षमान पुनले आज विभिन्न कर कार्यालय गएर कार्यक्रम समापन गर्ने आन्तरिक राजस्व विभागले जनाएको छ । पुन ललितपुर कर कार्यालय, ठूला करदाताको कार्यालयमा पुगेर कार्यक्रमको औपचारिक समापन गर्नुहुने विभागले जनाएको छ ।

Tata
GBIME
Nepal Life