BIZMANDU
www.bizmandu.com

स्वीडेनको मिडियाले उठाए एनसेल बिक्रीमा घुसको प्रश्न, ३१ अर्ब लाभ हुने गरी सतिशलाई किन बेचियो?

२०७२ माघ १५

स्वीडेनको मिडियाले उठाए एनसेल बिक्रीमा घुसको प्रश्न, ३१ अर्ब लाभ हुने गरी सतिशलाई किन बेचियो?
स्वीडेनको मिडियाले उठाए एनसेल बिक्रीमा घुसको प्रश्न, ३१ अर्ब लाभ हुने गरी सतिशलाई किन बेचियो?


काठमाडौं। के टेलियासोनेराले एनसेलको सेयर स्थानीय साझेदार सुनिभेरा भेञ्चर क्यापिटलकी भावना सिंह श्रेष्ठलाई बिक्री सम्झौता गर्दा घुसको लेनदेन भएको थियो?  स्वीडेनका मिडियाहरुले यस विषयमा प्रश्न उठाएका छन्।

स्वीडेनको प्रभावशाली मिडिया सेभेन्स्का दागब्लाडेट (एसभिडी) ले शुक्रबारको अंकमा एनसेलको सेयर बिक्रीमा घुस तथा मनी लाउण्ड्रिङको सम्भावना देखाउँदै समाचार प्रकाशन गरेको छ। यो समाचारलाई स्वीडेनका अधिकांश मिडियाले पछ्याएका छन्।

Tata
GBIME
Nepal Life

पत्रिकाले उठाएको सबैभन्दा ठूलो विषय हो,  टेलियासोनेराले आफ्नो स्वामित्वमा रहेको २० प्रतिशत सेयर किन भ्यालुएसनको ८४ प्रतिशत कम मूल्यमा बिक्री गर्दैछ ?
 
८४ प्रतिशत कम मूल्यमा सेयर
टेलियासोनेरासँग अप्रत्यक्ष स्वामित्वमा रहेको एनसेलको २० प्रतिशत सेयर सतिशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठलाई (४८ मिलियन डलर) चार अर्ब ८० करोड रुपैयाँमा बिक्री गर्ने सम्झौता कम्पनीले गरेको थियो।

सिंहको सिंगापुरमा दर्ता गरिएको कम्पनी सुनिभेरा भेञ्चर क्यापिटलले यो रकम टेलियासोनेरालाई दिने र यही सहमतिका आधारमा टेलियासोनेराले निरजगोविन्द श्रेष्ठको सेयरमा रहेको 'इकोनोमिक इन्ट्रेस्ट' छाड्ने जानकारी दिएको थियो।

टेलियासोनेराले एनसेलमा निरजको 'इकोनोमिक इन्ट्रेस्ट' छाडेपछि त्यो सेयर भावना सिंह  श्रेष्ठ को नेपाली कम्पनी सुनिभेरा भेञ्चरलाई हस्तान्तरण गर्ने एसपिएमा हस्ताक्षर भएको छ।
 
निरजको सेयर कसरी टेलियासोनेरामा?
२०६३ जेठ २३ गते पूर्व राजाका ज्वाईं राजबहादुर सिंहले आफ्नो कम्पनी राज ग्रुपसँग भएको तत्कालीन स्पाइस नेपालको १९ दशमलव चार प्रतिशत सेयरमध्ये आठ प्रतिशत सेयर सिनर्जी नेपाललाई हस्तान्तरण गरे।

पछि फेरि उनै राजबहादुरले आफूसँग भएको बाँकी ११ दशमलव चार प्रतिशत सेयर पनि सिनर्जी नेपाललाई २०६३ असोज ४ गते दिए। यसरी राजबहादुर सिंह तत्कालिन स्पाइस नेपालबाट पूर्णरुपमा बाहिरिएपछि नेपालमा पहिलोपटक टेलियासोनेराको रेनल्ड होल्डिङमार्फत स्पाइस नेपालमा प्रवेश भयो।

२०६४ मंसिर २७ गते स्पाइस नेपालको संस्थापक कम्पनी स्पाइस सेल लिमिटेडसँग भएको पाँच प्रतिशत सेयर विद्मान सेयरधनीलाई वितरण गरियो। यो सेयर वितरणपछि स्पाइस नेपालमा सिनर्जी नेपालको सेयर हिस्सा बढेर २० प्रतिशत पुग्यो।

यो सेयर २०६८ चैत ७ गते गैरआवासीय नेपाली उपेन्द्र महतोले सिनर्जी नेपालसँग खरिद गरे। नौ दिनसम्म यो सेयर आफूसँग राखेपछि महतोले यो सेयर निरजगोविन्द श्रेष्ठलाई चैत १६ गते बिक्री गरे।

उपेन्द्रबाट सेयर आफ्नो नाममा लिएपछि निरजगोविन्दले यो सेयर टेलियासोनेरालाई (२३० मिलियन डलर)  २३ अर्व रुपैयाँमा सन् २०१२ मा बिक्री गरे।
नेपालको दूरसञ्चार नीतिले टेलिकम कम्पनीमा २० प्रतिशत सेयर नेपालीसँग हुनुपर्ने व्यवस्था गरेको छ। यही कारण टेलियासोनेराले निरजगोविन्दको सेयर किने पनि त्यसलाई सेयर किताबमा जनाउन भने सकेन। यसलाई ऋणका रुपमा व्याख्या गरियो।

'एसभिडी'मा प्याट्रिसिया हेडेलिअस तथा पिटर बेन्सन लेख्छन्,


निरजलाई दिइएको त्यो ऋण अस्वभाविक थियो,  किनकी टेलियासोनेरालाई थाहा थियो, त्यो ऋण कहिल्यै उठ्नेवाला छैन।

निरजगोविन्द, जो आफूलाई नेपालको सफल व्यवसायीका रुपमा चिनाउँछन्,  तर बेलारुसको मिन्स्कमा बस्छन्। उनी बेलारुसस्थित नेपालको अवैतनिक वाणिज्य दूतावासका सल्लाहकार हुन् भन्दा यसबाट अर्कै तस्वीर बन्छ।
 
 
कुटनीतिक समुदायमा अवैतनिक वाणिज्य दूत सबैभन्दा पुछारको पद हो। त्यसको पनि सल्लाहकारको अर्थ  बिजनेसमा के रहन्छ? फेरि बेलारुस सफल र प्रसिद्ध व्यापारीलाई आकर्षित गरेको ठाउँ पनि त होइन।

त्यति हुँदा पनि निरजगोविन्दले टेलियासोनेराबाट ऋण पाए। व्याजसहित जोड्ने हो भने त्यो रकम अहिले दुई अर्ब स्वीडिस क्रोनर पुगेको छ।
त्यसैकारण यो निरजलाई दिएको ऋण होइन एनसेलको २० प्रतिशत सेयर भविष्यमा कानुनले दिएको समयमा टेलियासोनेराले स्वामित्वमा लिने गरी किन्नका लागि खर्चिएको रकम हो।

टेलियाले तिरेको दुई अर्ब क्रोनर आखिर निरज गोविन्दमार्फत् को र कसले पाए, यो ज्ञात छैन। तर टेलियासोनेरालाई सुरुदेखि नै स्पष्ट थाहा थियो,  यो ऋण कहिल्यै चुक्ता हुनेछैन।

टेलियासोनेराका प्रेस म्यानेजर हेनरिक वेस्टम्यानले यो ऋण आइएफआरएस एकाउण्टिङ नियमअनुसार राइट डाउन गरिएको बताए।

टेलियासोनेराले अप्रत्यक्ष रुपमा खरिद गरेको सेयरका लागि पूर्ण रुपमा टेक्निकल एकाउण्टिङ गरेको थियो। यो डिल अन्तिम लाभदायकको पक्षमा हुने गरी अस्वभाविक रुपमा गरिएको थियो।

अब टेलिकम जायन्ट टेलियासोनेराले नेपालमा भएको सबै सम्पत्ति बिक्री गर्दैछ र नेपाल छाड्दैछ। यस क्रममा स्थानीय साझेदारलाई मुनाफा हुने गरी गरिएको डिल कुनै कोणबाट पनि स्वभाविक लाग्दैन र यो कुनै परम्परागत बिजनेस लजिकमा पनि छैन।
 
भावनालाई ३१ अर्ब नाफा
निरज गोविन्दका नाममा रहेको २० प्रतिशत सेयर सुनिभेरा भेञ्चर क्यापिटलले पाउने गरी हस्तान्तरण हुँदैछ। यो सेयर टेलियासोनेराले जम्मा (४८ मिलियन डलर)  चार अर्ब ८० करोड रुपैयाँमा बिक्री गर्दैछ।

तर यही समयमा टेलियासोनेराले एनसेलमा भएको आफ्नो ६० दशमलव चार प्रतिशत सेयर भने सुनिभेरालाई भन्दा सात सय गुणा बढी मूल्‍यमा बिक्री गर्दैछ।

एनसेलको २० प्रतिशत सेयर यसरी बिक्री गर्दा टेलियासोनेराले सुनिभेरालाई साढे दुई अर्ब क्रोनर ( ३१ अर्ब रुपैयाँ) को फाइदा पुर्‍याउँदैछ।
सुनिभेराका लागि किन यति धेरै सस्तोमा सेयर?        

टेलियासोनेराको जवाफ छ,  सुनिभेरा यो कारोवारका लागि एक्जियटाले छानेको साझेदार हो।

मलेसियाको एक्जियटाले एनसेलको बहुमत स्वामित्व खरिद गर्दैछ। उसैले ८४ प्रतिशत छुटमा कसले सेयर किन्न पाउने भन्ने निर्णय गरेको छ। तर एसभिडीले प्राप्त गरेको धेरै कागजात तथा रेकर्डमा सुनिभेरा र राजबहादुरबीच सम्वन्ध देखिएको छ।

सुनिभेरा र पूर्व राजाका ज्वाईं राजबहादुरको अहिले पनि माओवादी भित्र शक्तिमा रहेका नेताबीच बलियो सम्बन्ध छ।

एसभिडीले टेलियासोनेरालाई के एनसेलको कारोबारमा घुस तथा मनी लाउन्ड्रिङ हुँदैन भन्ने ग्यारेन्टी छ भनेर सोधेको थियो।

जवाफमा टेलियासोनेराले भनेको छ,  हामीले यो कारोवार अवैध र अनैतिक नहोस् भन्नका लागि सतर्कता अपनाएका छौं। तर जोखिम जहिल्यै पनि रहन्छ। डिसेम्बरमा गरिएको एसपिए अघि हामीले कारोवारमा संलग्न हुन लागेका पार्टीका विषयमा अध्ययन पनि गराएका थियौं। हामी सुरक्षित हुने गरी काम गरिरहेका छौं,   टेलियासोनेराका प्रेस म्यानेजर हेनरिक वेस्टम्यानले भने।

तर टेलियासोनेराले घुस तथा मनी लाउण्ड्रिङका विषयमा भने जवाफ दिन चाहेन।
 

नेपालको बिजनेस हेर्ने टेलियासोनेरा अधिकारीले दिए राजीनामा
एसभिडीले शुक्रबार खुलासा गरेको अर्को खबर हो, नेपाल लगायत मध्य एसियाको जटिल कारोबार हेर्ने जिम्मा पाएका टेलियासोनेराका प्रमुख अधिकारी एरिक हलबर्गले गुपचुप दिएको राजीनामा।

गएको सेप्टेम्बरमा टेलियासोनेराको बोर्ड अफ डाइरेक्टर्स र सिइओले युरेसियाको विद्यमान व्यापार छाड्दै जाने घोषणा गरेका थिए। त्यसैबेला युरेसियन बिजनेस एरिया डाइरेक्टर एरिक हलबर्गले पद छाड्नु पर्ने स्पष्ट भइसकेको उल्लेख गर्दै एसभिडी लेख्छ- त्यसपछि उनलाई समूह व्यवस्थापनबाट सीधै सिइओलाई रिपोर्ट गर्ने विशेष पदमा डिमोसन गरिएको थियो।

एसभिडीले स्रोतहरुलाई उल्लेख गर्दै लेखेको छ- नेपाल र कजाखस्तानमा भएका कारोबारहरु नै एरिक हलबर्गको अकस्मात् राजीनामाको कारण हो।
तर टेलियाले यसलाई अस्वीकार गरेको बताउँदै पत्रिका अगाडि लेख्छ- कारण जेसुकै होस्, मध्य एसियाको जटिल स्थितिमा सबैभन्दा बढी अनुभवी म्यानेजरलाई हटाउनुको पछाडि पक्कै कुनै विशेष कारण हुनुपर्छ।
 
 
स्विडिस मिडियामा छायो समाचार

डागेन्स नायरिङ्ग्सलिभले पनि एसभिडीकै समाचारलाई पछ्याउँदै उज्बेकिस्तानमा शंकास्पद कारोबार गरेको स्क्यान्डलमा सिइओ लार्स नाइबर्गले राजीनामा दिनुपरेको र अहिले मध्य एसियामा सन् २०१३ देखि २०१५ बीच जटिल ट्रान्जेक्सनहरु गर्नमा प्रमुख भूमिका रहेको एरिक हलबर्गले राजीनामा दिएको पनि उल्लेख गरेको छ।

 
त्यसैगरी निहेत्सबाइरन डाइरेक्टले पनि एसभिडीको सामाग्रीलाई आधार बनाएर समाचार तयार पारेको छ।

स्विडेनकै अर्को मिडिया एक्सप्रेस्सेनले पर्दा पछाडिका कारोबारका कारण एरिक हलबर्गले राजीनामा दिएको कुरालाई जोड्दै जुन २०१४ मा छापिएको अन्तर्वार्तामा टेलियाका सिइओ जोहान डेलिन्डले घुस लेनदेन नगरी भ्रष्ट देशहरुमा काम कसरी गर्न सकिन्छ भन्ने प्रश्नमा दिएको जवाफलाई लिङ्क गरेको छ। 

 
अन्तर्राष्ट्रिय न्युज एजेन्सी रोयटर्सले स्थानीय साझेदारहरुसँग जोडिएको भ्रष्टाचारको आरोपमा वर्षौँसम्मको अनुसन्धान र ती देशहरुबाट नाफा लैजान गाह्रो भएपछि मध्य एसियाली बजारबाट बिस्तारै हट्दै जाने बताएको टेलियासोनेराले गएको महिना सबैभन्दा पहिला एनसेल बेच्ने घोषणा गरेको लेखेको छ।