BIZMANDU
www.bizmandu.com

अमेरिकामा काम गर्न चाहनुहुन्छ, हेर्नुस २५ रोजगारीका क्षेत्र जसमा राम्रो तलब पाउन सकिन्छ

२०७२ माघ १४

अमेरिकामा काम गर्न चाहनुहुन्छ, हेर्नुस २५ रोजगारीका क्षेत्र जसमा राम्रो तलब पाउन सकिन्छ
अमेरिकामा काम गर्न चाहनुहुन्छ, हेर्नुस २५ रोजगारीका क्षेत्र जसमा राम्रो तलब पाउन सकिन्छ

सन् २०१६ मा अमेरिकाको करीब आधा जनसंख्या नयाँ जागिरको खोजीमा छन्। धेरैले जागिर खोज्दा सबैको ध्यान तलबदेखि भविष्यको विषयमा केन्द्रित हुन्छन्।

Tata
GBIME
Nepal Life

करियर सम्बन्धि वेबसाइट ग्लासडुअरले रोजगारीको खोजीमा रहेका मानिसका लागि बाटो देखाइदिएको छ। ग्लासडुअरले अमेरिकाको २५ उत्कृष्ट जागिर भनेर दोस्रो वार्षिक सूची प्रस्तुत गरेको छ। यो सूची कमाइ, अवसर र कामका आधारमा तयार पारेको कम्पनीले जानकारी दिएको छ।
 

यो सूची अनुसार 'डेटा साइन्टिस्ट' एक नम्बरमा छ। गत वर्ष नवौं स्थानमा रहेको डेटा सेन्टर यो वर्ष पहिलो स्थानमा उक्लेको हो। केहि वित्त तथा मार्केटिङ पेसा अगाडि आएको भएपनि ग्लासडुअरको सूचीमा प्रविधि तथा स्वास्थ्य सेवा क्षेत्र बलियो रुपमा देखा परेका छन्। 

डेटाबेस एडमिनिस्ट्रेटर, सेल्स म्यानेजर, मेक्यानिकल इन्जिनियर, र फिजिकल थेरापिष्ट जस्ता काम शीर्ष स्थानबाट तल झरेका छन्। सूचीमा उल्लख हुने नयाँ जागिरमा इङ्गेजमेन्ट म्यानेजर, एनालाइटिक म्यानेजर र युएक्स डिजाइनर छन्।

ग्लासडुअरमा बुझाइएका नामरहित समिक्षाहरुमा आफ्नो जागिर मन नपराउने डेटा साइन्टिस्टहरु विरलै भेटिएका छन्। 'म नियमितरुपमा अनौठो तिक्ष्ण र समर्पित सहकर्मीका साथ रोचक समस्यामाथि काम गर्छु,' भन्ने सबैको समान विचार छ।

उत्कृष्ट २५ को सूचीमा परेका अन्य रोजगारीका अवसरमा ट्याक्स म्यानेजर, मोवाइल डेभलपर, मार्केटिङ म्यानेजर र इलेक्ट्रिकल इन्जिनियर छन्। 

सफ्टवेयर डेभलपमेन्ट म्यानेजर एकलाख ३५ हजार डलर तलबका साथ माथिल्लो स्थानमा परेको छ। सबैभन्दा थोरै तलब पाउनेमा टेक्निकल एकाउण्ट म्यानेजर परेका छन्। तिनको तलब ६९ हजार पाँच सय डलर छ।