BIZMANDU
www.bizmandu.com

पाँच सय अंक माथि टिकेन नेप्से, सोल्टीको सेयर चम्कियो, नबिलको प्रवद्र्धक सेयर तल झर्यो

२०६९ मंसिर ६

काठमाडौं । मंगलवारको वृद्धिपछि पाँच सय अंकको आंकडा चुमेको नेपाल स्टकको त्यो रौनक एक दिन पनि टिक्न सकेन । बुधवार नेप्से सूचक पाँच सय अंकबाट तल झर्यो । बुधवार नेप्से सुचक २.२६ अंकले तल झरेपछि नेप्से ४९९.२५ अंकमा बन्द भयो ।
बुधवार होटल र इन्सुरेन्स समूहबाहेक अधिकांश समूहको सूचकमा रातो बत्ती बल्यो । होटल सोल्टीको सेयर मूल्यमा वृद्धि भएपछि होटल समूहको सूचक ३१.७९ अंकले माथि चढ्यो । आधा दर्जन इन्सुरेन्स कम्पनीको मूल्य बढेपछि इन्सुरेन्स समूहको सूचक पनि ११.१९ अंकले माथि चढ्यो । तर दुई समूहमा भएको वृद्धिले तल झरेको नेप्सेलाई रोक्न सकेनन् ।
बुधवार बुटवल पावरको सेयर १५ रुपैयाँ तल झरेर ८२० मा कारोवार भयो भने चिलिमे जलविद्युत कम्पनीको १० रुपैयाँ तल ११६२ मा कारोवार भयो । ग्लोबल आइएमई बैंकको सेयर १० रुपैयाँ माथि चढेर ३४३ मा कारोवार भयो भने लुम्बिनी फाइनान्सको १२  रुपैयाँ माथि चढेर १७२ मा कारोवार भयो । लाइफ इन्सुरेन्स कम्पनीको सेयर १३ रुपैयाँले तल झरेर १३९३ मा कारोवार भयो ।
नबिल बैंकको सेयर १५ कम १५३५ मा कारोवार भयो भने नबिल बैंकको प्रवद्र्धक सेयर ६१ रुपैयाँ तल झरेर एक हजारमा कारोवार भयो । बुधवार एनबी बैंकको सेयरमा खास अन्तर आएन तर एनसिसि बैंकको सेयरमा भने आठ रुपैयाँको वृद्धि भएर प्रतिकित्ता २०२ मा कारोवार भयो ।
नेपाल हाउजिङ एण्ड मर्चेण्ट फाइनान्सको सेयर २१ रुपैयाँले तल झरेर १९८ मा कारोवार भयो इन्भेष्टमेन्ट बैंकको सेयर पनि बुधवार ११ रुपैयाँले चिप्लिएर ७६४ मा कारोवार भयो ।
अधिकांश कम्पनीको सेयर मूल्य तल झरे पनि नेपाल लाइफ इन्सुरेन्सका सेयरधनी भने बुधवार पनि मालामाल रहे । प्रतिकित्ता ८० रुपैयाँ बढेपछि कम्पनीको सेयर १५३० मा कारोवार भयो । नेपाल एसबीआई र सिद्धार्थ बैंकको सेयर ११ रुपैयाँले घटेर ६६५ र ३४३ मा कारोवार भयो । चार्टड बैंकको सेयर पनि २२ रुपैयाँले तल झरेर २०१८ मा कारोवार भयो भने होटल सोल्टीको बुधवार पनि २४ रुपैयाँले सेयर मूल्य बढ्यो । सोल्टीको मंगलवार पनि १२ रुपैयाँले सेयर मूल्य बढेको थियो । बुधवार सोल्टीको प्रतिकित्ता ३४८ मा कारोवार भयो ।

Tata
GBIME
Nepal Life