BIZMANDU
www.bizmandu.com

सेयर बजार बुलिस ट्रेण्डमा, साढे दुई वर्षपछि नेप्से पाँचसय अंक पारी, मंगलवार वृद्धि जारी

२०६९ मंसिर ५

सेयर बजार बुलिस ट्रेण्डमा, साढे दुई वर्षपछि नेप्से पाँचसय अंक पारी, मंगलवार वृद्धि जारी
सेयर बजार बुलिस ट्रेण्डमा, साढे दुई वर्षपछि नेप्से पाँचसय अंक पारी, मंगलवार वृद्धि जारी

काठमाडौं । झण्डै ३० महिनापछि नेप्सेले पाँच सय अंकलाई चुमेको छ । दशैं यता बुलिस ट्रेण्डमा बजारमा आक्रमक वृद्धि भैरहेको नेप्सेले मंगलवार पाँचसय अंकको जादुमयी आंकडालाई पार गरेको हो ।
आइतवारको वृद्धिले नेप्सेलाई पाँच सय अंकको वृद्धि नजिक पुर्याएको थियो । त्यसैको आधारमा मंगलवार नेप्से ८.७१ अंकले वृद्धि भएपछि पाँच सय अंक पारी पुगेको हो । यस अघि २०६७ साल जेठ १६ गते नेप्से पाँच सय अंकबाट तल आएको थियो । त्यसको छ महिनापछि मंसिरमा नेप्से चार सय अंकबाट तल आएको थियो । निरन्तर गिरावट भैरहेको नेप्से सूचक कुनै सयम तीनसय अंकबाट तलसमेत आएको थियो ।
साउन यता विस्तारै बढ्न थालेको नेप्सेले दशैंपछि रफ्तार समातेको थियो । मंगलवार नेप्से बजार बन्द हुँदा ५०१.५१ अंकमा बन्द भयो । नेप्से सूचकको वृद्धिमा सबैभन्दा बढी बैंकिङ्ग क्षेत्रले सहयोग गर्यो । बैंकिङ्ग समूहको सुचकांक १३.५२ अंक, होटल समूहको १७.०३ अंक र जलविद्युत समूहको सूचकांक २४.७९ अंकले बढ्यो । मंगलवार इन्सुरेन्स समूहको सूचकांक पनि ६.३२ अंकले माथि चढ्यो ।
मंगलवार बैंक अफ काठमाण्डूको सेयर १४ रुपैयाँले बढेर ६५७ मा कारोवार भयो भने बुटवल पावर कम्पनीको सेयर ३० रुपैयाँ माथि चढेर ८३५ मा कारोवार भयो । त्यसैगरी चिलिमेको सेयर समेत २२ रुपैयाँले माथि चढेर ११७२ मा कारोवार भयो । सिटिजन्स बैंकको सेयर १० रुपैयाँले माथि चढेर २५२ मा र एभरेष्ट बैंकको सेयर ५२ रुपैयाँ माथि चढेर १२५२, ग्लोबल आइएमईको १५ रुपैयाँ माथि ३३३ मा कारोवार भयो ।
हिमालयन बैंकको सेयर ४० रुपैयाँ बढेर नौ सयमा, जनता बैंकको १३ रुपैयाँ बढेर १६१ मा कारोवार भयो । नबिल बैंकको सेयर ४७ रुपैयाँले माथि चढेर १५५० मा, नबिल बैंक प्रवद्र्धक सेयर ७९ रुपैयाँ माथि चढेर १०६१ मा कारोवार भयो । नेपाल बंगलादेश बैंकको सेयर २४ रुपैयाँले बढेर र नेपाल क्रेडिट एण्ड कमर्शको १७ रुपैयाँले बढेर १९४ मा कारोवार भयो । मंगलावर सबैभन्दा बढी बंगलादेश बैंकको सेयर कारोवार भयो । इन्भेष्टमेन्ट बैंकको सेयर ४३ रुपैयाँ बढेर ७७५ मा कारोवार भयो भने प्राइम बैंकको सेयर १६ रुपैयाँ बढेर २८६ मा कारोवार भयो ।

Tata
GBIME
Nepal Life