BIZMANDU
www.bizmandu.com

ग्यास अनुदान कार्यविधि अन्तिम चरणमा, वर्षमा १२ सिलिन्डर ग्यासमा मात्रै अनुदान

२०६९ मंसिर ५

ग्यास अनुदान कार्यविधि अन्तिम चरणमा, वर्षमा १२ सिलिन्डर ग्यासमा मात्रै अनुदान
ग्यास अनुदान कार्यविधि अन्तिम चरणमा, वर्षमा १२ सिलिन्डर ग्यासमा मात्रै अनुदान


काठमाडौं । घरायसी उपभोक्तालाई ग्यासमा अनुदान दिने नीतिसहितको कार्यविधि अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले  तयार पारेको कार्यविधिमा घरायसी उपभोक्ताले वार्षिक १२ सिलिन्डर ग्यास अनुदानमा पाउने उल्लेख छ । निगमका अनुसार कार्यविधि तयार पारे पनि वाणिज्य सचिव लालमणी जोशी विदेश भ्रमणमा भएकाले हस्तान्तरण गर्न सकिएको छैन ।
निगमले तयार पारेको कार्यविधिमा परल मूल्यमा ग्यास बिक्री हुने र घरायसी उपभोक्ताले विल पेस गरेपछि नगद अनुदान दिइनेछ । निगमले सरोकारवालासँगको लामो छलफल र विदेशको अनुभबका आधारमा नगद अनुदान प्रभावकारी हुने देखेर यसलाई कार्यविधिमा समेटेको हो । ग्यास उद्योगीले समेत नगद अनुदान दिँदा दुरुपयोगको सम्भावना कम हुने भन्दै सरकारलाई दबाब दिँदै आएका थिए ।
सरकारले ग्यास अनुदान कार्यविधि बनाउन सरकार, ग्यास उद्योगी र बिक्रेता सम्मिलित कार्यदल गठन गरेको थियो । त्यही कार्यदलको सुझावका आधारमा नगद अनुदानलाई समेटिएको हो । यो कार्यदलले भारतको विभिन्न स्थानमा पुगेर अनुदानको बारेमा अध्ययन समेत गरेको थियो । घरायसी उपभोक्ताले अनुदान पाउन अनिवार्य रुपमा ग्यास कार्ड र ग्यास खरीद गरेको विल लिनुपर्नेछ । ग्यास खरीद गरेको विल नभए अनुदान लिन पाइने छैन ।

Tata
GBIME
Nepal Life