BIZMANDU
www.bizmandu.com

प्रभूमा ग्राण्ड बैंक गाभ्न राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति, चुक्ता पुँजी झण्डै ६ अर्ब

२०७२ माघ ४

प्रभूमा ग्राण्ड बैंक गाभ्न राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति, चुक्ता पुँजी झण्डै ६ अर्ब
प्रभूमा ग्राण्ड बैंक गाभ्न राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति, चुक्ता पुँजी झण्डै ६ अर्ब


काठमाडौं । प्रभु बैंक र ग्राण्ड बैंकको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । यी दुई बैंकले पहिले एक्विजिसन र गत कात्तिकमा मर्जको सम्झौता गरेका थिए । 
 
राष्ट्र बैंकको सोमबार बसेको बोर्ड बैठकले यी दुई बाणिज्य बैंकलाई मर्जको अन्तिम स्वीकृति दिएको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए । गत कात्तिकमा बसेको दुबै बैंकलको विशेष साधारण सभाले एक आपसमा गाभिने निर्णय गरेका थिए । यी दुई वटा बै‌क गाभिए पछि बाणिज्य बै‌कको सं‌ख्या २९ मा भर्छ । 
 

 
प्रभु बैंकले ग्राण्ड किन्न राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिइसकेको थियो । प्रभुले अन्तिम स्वीकृति लिन लाग्दा एविक्वजिसनको प्रक्रिया रद्द गरेर मर्जमा जान राष्ट्र बैंकले निर्देशन दिएको थियो । 
 
राष्ट्र बैंकको निर्देशन अनुसार दुबै सस्थाले मर्जको प्रक्रिया पुरा गरेपछि सोमबार अन्तिम स्वीकृति पाएका हुन् । 
 
ग्राण्ड बैंकको स्वाप रेसियो प्रतिकित्ता ६५।५८ रुपैयाँ कायम गरि प्रभुमा गाभ्न लागिएको हो । त्यस्तै प्रभुको प्रतिकित्ता १२१।४५ रुपैयाँ तोकिएको छ । दुबै संस्थाको सम्पत्ति तथा दायित्वको मुल्याङ्कनको आधारमा यो मुल्य कायम गरिएको जानकारी यस अघिको साधारण सभामा दिइएको थियो । मर्जपछि बैंकको चुक्ता पुँजी पाँच अर्ब ८८ करोड १४ लाख दुई हजार रुपैयाँ पुग्नेछ  ।
 
मर्जर पश्चात संस्थाको नाम ̒ प्रभु बैंक लिमिटेड ̓ रहनेछ र संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय हालको प्रभु बैंकको केन्द्रिय कार्यालय रहने छ । सञ्चालक समितिमा प्रभु बैंकको संचालक समितिले नै निरन्तरता पाउने, व्यवस्थापन तर्फ प्रमुख कार्यकारी अधिकृत प्रभु बैंकका अशोक शेरचन नै रहने जानकारी पनि दिइएको थियो । 
 
मर्जपछि बैंकको शाखा र काउण्टर संख्या १ सय ३६, एटिएम संख्या १ सय २३ र कर्मचारीहरुको संख्या करिव एक हजार तीन सय ५० पुग्नेछ । शाखा सन्जाल, एटिएम संख्याका आधारमा यस बैंक निजी क्षेत्रको सबैभन्दा ठुलो बैंक हुनेछ ।

Tata
GBIME
Nepal Life