BIZMANDU
www.bizmandu.com

वर्लपुलको वानेश्वरमा सोरुम, नम्वर एक ब्राण्ड बनाउने प्रतिवद्धता

२०६९ मंसिर ४

वर्लपुलको वानेश्वरमा सोरुम, नम्वर एक ब्राण्ड बनाउने प्रतिवद्धता
वर्लपुलको वानेश्वरमा सोरुम, नम्वर एक ब्राण्ड बनाउने प्रतिवद्धता

काठमाडौं । वर्लपुलले राजधानीको बानेश्वरमा सोरुम खोलेको छ । वर्लपुलको बिक्रेता नेपाहिमा ट्रेडलिंकले सोरुम खोलेको हो । कम्पनीले जावलाखेल र कमलादीपछि बानेश्वरमा तेस्रो शाखा खोलेको हो । सोरुममा वर्लफुलका विद्युतीय र घरायसी सामाग्री पाइने कम्पनीले जनाएको छ । सोरुम उद्घाटन गर्न वर्लफुल इन्डियाका निर्देशक इन्द्रानील सिन्हा आएका थिए ।
उनले सोरुम उद्घाटन गर्दै वर्लफुललाई नेपालको एक नम्बर ब्रान्ड बनाउने प्रयासमा लागेको जानकारी दिए । कम्पनीले सोरुम उद्घाटनसँगै नयाँ मोडेलका भ्याकुम क्लिनर र रेफ्रिजेरेटर बजारमा ल्याएको छ । तीन मोडेलका भ्याकुम क्लिनर बजारमा ल्याएको हो ।
कम्पनीले ल्याएको भ्याकुम क्लिनरको मूल्य ६ हजार २ सयरुपैयाँदेखि ९ हजार ५ सय रुपैयाँसम्मको रहेको जनाएको छ । कम्पनीले ‘नियो–आई चिल’ रेफ्रिजेरेटर बजारमा ल्याएको जनाएको छ । यो रेफ्रिजेरेटरमा डिप फ्रिजरको विशेषता रहेको कम्पनीले जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक राजेश तुलाधरले वर्लपुलका रेफ्रिरेटर, वासिङ मेसिन, भ्याकुम क्लिनर लगायतका सामाग्री रहेको बताए ।

Tata
GBIME
Nepal Life