BIZMANDU
www.bizmandu.com

अश्री ज्वेलर्सको लगन लक्षित आभूषण मेला, मंसिर २२ सम्म चल्ने

२०६९ मंसिर ४

। अश्री ज्वेलर्सले विवाहको लगनलाई लक्षित गर्दै आइतबारदेखि आभूषण मेला सुरु गरेको छ । पाँच हजारभन्दा बढी नयाँ डिजाइनका साथ यो मेला सुरु गरेको हो । ज्वेलर्सले आफ्नो न्युरोडस्थित सोरुममा सुरु गरेको प्रदर्शनी मंसिर २२ सम्म चल्नेछ ।
सुन र हिराबाट विभिन्न डिजाइनका गहना मेलामा राखिएको ज्वेलर्सका निर्देशक मनीषलाल प्रधानले जानकारी दिए । प्रदर्शनीमा ग्राहकले न्यूनतम ४ हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्मका गहना किन्न सक्ने उनले बताए ।

Tata
GBIME
Nepal Life