BIZMANDU
www.bizmandu.com

नाकाबन्दी खुलेपछि १८ प्रतिशतले विद्युत महशुल बढ्ने, महसुल निर्धारण आयोगले अध्ययन सक्यो

२०७२ पुष २३

नाकाबन्दी खुलेपछि १८ प्रतिशतले विद्युत महशुल बढ्ने, महसुल निर्धारण आयोगले अध्ययन सक्यो
नाकाबन्दी खुलेपछि १८ प्रतिशतले विद्युत महशुल बढ्ने, महसुल निर्धारण आयोगले अध्ययन सक्यो

काठमाडौं । नाकाबन्दी खुलेपछि विद्युत महशुल १८ प्रतिसतले बढाइने भएको छ । तीन वर्षमा महशुल बढाउन लागिएको हो । विद्युत महसुल निर्धारण आयोगले गत वर्ष नै बढाउन सिफारिष गरेपनि अदालतमा मुद्दा परेपछि रोकिएको थियो ।
 
सार्वजनिक लेखा समितिमा आयोगका तर्फबाट विद्युत महशुल १८ प्रतिसतले बढाउन सिफारिष गर्न लागेको जानकारी दिइएको छ । "हामीले मोटामोटी अध्ययन सकेका छौं, नाकाबन्दी कै बीचमा बत्तीको भाउ बढाउँदा ग्राहकलाई थप मर्का पर्ने भएकाले पछि बढाउने तयारी गरेका हौं, महसुल निर्धारण आयोगका अध्यक्ष जगत भुसालले भने।
 
यस अघि २०६९ सालमा विद्युत महशुल बढेको थियो । नेपाल विद्युत प्राधिकरणले हरेक वर्ष १० प्रतिसतका दरले महशुल बढाउन माग गर्दै आएको छ । त्यस अघि २०५३, २०५६, २०५८ सालमा विद्युत महशुल बढेको थियो । 

Tata
GBIME
Nepal Life