काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सरकारले दुई प्रतिशत ब्याजदरमा भूकम्प पीडितलाई दिन लागेको रकम अर्को बैंकमा राखेर धेरै ब्याज खान नपाएकाले केही मानिस रिसाएको बताएका छन् । अर्थमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा गभर्नर थोरै ब्याजमार सरकारबाट पैसा लिएर धेरै ब्याजमा लगाउन नपाउँमा मानिसहरु रिसाएको बताएका हुन् ।
'दुई प्रतिशत ब्याजमा पैसा लिएर अर्को बैंङ्कमा राम्रो ब्याज लिने सपना पुरा नहुँदा कोही रिसाए होला,' उनले भने, 'प्रक्रिया पुरा गर्नेले बैंकबाट ऋण पाएका छन् ।' गभर्नर नेपालले प्रक्रिया पुरा गरेर बैंकमा ऋण लिन जान पनि आग्रह गरे ।
'बैंकले लाइनमा राखेर ऋण दिने होइन, प्रक्रिया पुरा गरेर ऋण लिन जानुस्,' उनले भने, 'प्रक्रिया पुर्या उँदा पनि बैंकले ऋण दिएन भने राष्ट्र बैंक आउनुस् ।' उनले अहिले कृषि कर्जा पनि विस्तारै बढिरहेको भन्दै भूकम्प पीडित कर्जा पनि बढ्ने विश्वास व्यक्त गरे ।