नेपालमा पाँच दशक अघि सुरु भएको जीवन बीमाको इतिहास हेर्ने हो भने धेरै नै सकरात्मक परिवर्तनहरु भएका छन् । उपयुक्त प्रडक्ट, जागरुकता, व्यवहारिकता र धरै मात्रामा कभरेजले गर्दा बीमाको व्यापार केही वर्षदेखि बढ्न थालेको छ ।
विगत दुई वर्षयता बीमामा भएको ब्यापक बृद्धिले जनमानसमा यसको प्रभाव धरै बढेको छ । तर यति हुँदा हुँदै पनि नेपालको कुल जनसंख्यामध्ये जम्मा १० प्रतिशतले मात्र जीवन बीमा गरेका छन् । यो तथ्यांक हेर्दा जनमानसमा जीवन बीमाको शिक्षा, महत्वलाई जनता समक्ष पुर्याउन नसक्नु र बीमाका फाइदालाई आधुनिक तरिकाले प्रस्तुत गर्न नसकिएको हो कि भन्ने देखिन्छ ।
विश्वव्यापी जीवन बीमाको परिदृश्य हर्ने हो जीवन बीमाको बजारले ठुलो फड्को मारिसकेको छ । अहिले नै हामीले विभिन्न प्रडक्टहरु पनि त्यसैअनुसार विक्री भइरहेको देख्न सक्छौं । विश्वको बीमाको अवस्थासँग तुलना गर्ने हो भने नेपालको अवस्था ज्यादै नाजुक देखिन्छ ।
लाइफ इन्स्योरेन्सले नेपालको विकासमा सकारात्मक भूमिका खेलेको छ । बीमा उद्योगको समग्र विकासमा पनि बीमा कम्पनीको योगदान महत्वपूर्ण छ । तर अहिले पनि बजारमा ठुलो खाडल छ । त्यसले नेपालको जीवन बीमा उद्योगमा एउटा ‘प्याराडाइम सिफ्ट’ खोजिरहेको छ । यसबाट हामी के प्रस्ट हुन्छौ भने संसारमा बीमाको क्षेत्र धेरै राम्रो अवस्थामा छ हामी त्यसैलाई हेरेर पछ्याउन सक्छौं ।
तथ्यांकगत रुपमा हेर्ने हो भने पौने तीन करोड नेपालीका लागि अहिले ९ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । अहिले सामान्य रुपमा हेर्ने हो भने दुई किसिमका प्रडक्टहरु मुख्य रुपमा बिक्री भइरहेका छन् । पहिलो परम्परागत बन्दोबस्तीको योजना र सुरक्षा योजना ।

बीमा दावी भुक्तानी गर्दै नेपाल लाइफ इन्सुरेन्का कर्मचारी
परम्परागत बन्दोबस्तीको योजना लिने बीमितको अनुपात १५ प्रतिशत रहेको छ भने सुरक्षा योजना ८५ प्रतिशतले लिएका छन् । परम्परागत योजनाको अनुपातमा हेर्ने हो भने यसले ७० प्रतिशत प्रिमियम संकलन गरेको छ भने सुरक्षा योजनाले योजना अवधिमा ३० प्रतिशत संकलन गरेको छ ।
कुल बीमा रकममध्ये करिव ९८ प्रतिशत व्यक्तिगत एजेन्टहरुले संकलन गर्छन भने बाँकि २ प्रतिशत बैंकोन्सोरेन्स र कम्पनीसँगको सिधा व्यापारबाट हुन्छ । लाइफ इन्सोरेन्समा भएको कुल लगानीको ८६ अर्ब रुपैँयामध्ये जम्मा दुई कम्पनीसँग मात्रै ४५ प्रतिशत हिस्सा छ ।
गत पाँच वर्षयताको टिपिआई र एफपिआईको ग्राफ हेर्ने हो भने प्रिमियम संकलनको संकेतमा सकारात्मक बृद्धि भएको देखिन्छ । तर बीमाको स्तर जति बढ्नु पर्ने हो त्यसको अधिकतममा पुगको छैन । ठूला कम्पनीमध्ये एफपिआई बेसिसमा दुई कम्पनीले बजारको ६३ प्रतिशत हिस्सा ओगट्छन् भने टिपिआई बेसिसमा ५५ प्रतिशत बजार हिस्सा ओगट्छन् ।
जीवन बीमा उद्योगले समग्र देशको विकासलाई टेवा पुर्याउँछ भन्नेमा कुनै अपवाद छैन । नेपालमा कुल ग्राहस्थ उत्पादनको विकास चार्ट हेर्दा धेरै गतिशील, घटबढ र अनिश्चितता देखिन्छ । अहिलेको राजनीतिक अवस्था पनि उद्योगहरु कसरी प्रभावित भइरहेका छन् भन्ने बलियो उदाहरण हो । यस्तो विषम परिस्थितिले पनि बीमा कम्पनीहरुको विकास, गतिशिलता बढाउन धेरै चुनैती थप गरेको छ र यसले बीमा उद्योगलाई लामो समयसम्म राम्ररी काम गर्न प्रभाव पार्नेछ।
बीमा क्षेत्रको नियमन गर्न नियामक निकायको रुपमा बीमा समितिले काम गरिरहेको छ । बीमा ऐन २०४९ अन्तर्गत बीमा समितिको स्थापना भएको हो । अहिले फत्तबहादुर केसीले यसको नेतृत्व गरिरहनु भएके छ । बीमा समितिले बीमा क्षेत्रलाई बलियो बनाउन विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको छ । समितिले बीमितको सुरक्षालाई ध्यानमा राखेर यस्ता कामहरु अगाडि बढाइरहेको छ । बीमा समितिले गरेका प्रमुख एवं महत्वपूर्ण कामहरु यस्ता छन्:
पुँजी आवश्यकता: बीमा समितिले बीमकको न्यूनतम पुँजी आवस्यकता तोकिदिएको छ । हाल जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पुँजी ५० करोड रुपैयाँ छ ।
दायित्व मूल्याड्कन विधि: नेपालका जीवन बीमा कम्पनीहरुले दायित्व मूल्याङ्कनका लागी वार्षिक रुपमा थोक मूल्याङ्कन कार्यविधि(फ्युचर ग्रस भ्यालुएशन मेथड) अपनाएका छन् । उनीहरुले वार्षिक रुपमा यो काम गर्दै आएका छन् । उक्त मूल्याक गर्दा प्रतिफलका लागि वास्तविक वा ६ प्रतिशत जुन घटि हुन्छ त्यो नै लिनुपर्ने हुन्छ ।
स्लोभेन्सी आवश्यकता: जीवन बीमा कम्पनीका लागि स्लोभेन्सी मार्जिन रिक्वाएरमेन्ट उनीहरुको कूल दायित्वको डेढ गुणा हुनुपर्छ ।
खर्चको सीमा: खर्च व्यवस्थापनको अनुपात कम्पनी स्थापनाको आकार र उनीहरुको पुँजीका आधारमा ७ प्रतिशत देखि १६ प्रतिशतसम्म हुन्छ ।
विप्पत्तिजनक आरक्षित आवश्यकता(क्याटोस्ट्रफिक रजिर्भ): विप्पत्तिजनका आरक्षणका लागी नाफाको १० प्रतिशत आवश्कता पर्दछ ।
वैशाखमा गएको ७.९ रेक्टर स्केलको भूकम्प र त्यसपछिका सयौं परकम्पले यो वर्ष नेपाललाई ठुलो असर गरेको छ । १४ जिल्लमा गरि करिव नौ हजार मानिसहरुले आफ्नो ज्यान गुमाएका छन् । दुखद रुपमा भन्नुपर्छ भुकम्पमा परेकामध्ये ३.५ प्रतिशतसँग मात्रै बीमा थियो। जसमा ५८ प्रतिशतसँग त अनिवार्य रुपमा गरिएको इन्स्योरेन्स थियो।
यसलाई हामीले नेपालको जीवन बीमाको प्रतिनिधि तथ्यांकका रुपमा लिनुपर्छ । यसबाट के थाहा हुन्छ भने ग्रामिण क्षेत्र र कम आयस्रोत भएका मानिसहरुलाई यसले धेरै नै असर पारेको छ। यो परिस्थितिमा सवै जीवन बीमा कम्पनीहरुले आफ्नो दायित्व सम्झेर ९० प्रतिशत भन्दा बढी इन्योरेन्स माग दाविलाई सहि ढंगले वितरण गर्नुपर्दछ ।
वित्तीय सुरक्षा र बाध्यकारी बचत बीमाको प्रमुख उद्देश्य हो । हालै नेपालमा गएको विनासकारी भूकम्पले पनि बीमाको महत्व सम्झाइदिएको छ । विशेष गरी भूकम्पले नेपालमा बीमा क्षेत्रका लागी अबको बाटो देखाइदिएको छ । जीवन बीमा सामान्य जनताका लागी राम्रो सिकाइको विषय हुन सक्छ । यसका बाबजुद जीवन बीमाले देशको विकासका कामहरुलाइ सहयोग गर्नका लागी धेरै नै सहयोगी भूमिकामा रहेको छ । हाम्रो छिमेकी देशको प्रचलन हेर्ने हो भने पनि जीवन बीमालाई एउटा नवीन र आधुनिक र विकासका लागी आवस्यक माध्ययका रुपमा लिइएको छ ।
आजको वास्तविक परिस्थिति हेर्ने हो भने बढ्दो प्रतिफलले जीवन बीमा सामान्य मानिसमा लोकप्रिय उन्मुख हँदै गएको छ । यसैका कारण जीवन बीमाले उद्योग क्षेत्रमा पनि सकारात्मक भूमिका खेल्दै आएको छ । अस्थिर राजनीतिले अर्थतन्त्रमा नाफा बृद्धि र नकारात्मकता तिर गएको बेला जीवन बीमाले सकारात्मक भूमिका खेलेको छ ।
अहिलेको वर्तमान स्थितिमा जीवन बीमा र यसको असर हेर्ने हो भने नेपालमा यसको भविस्य र विकासमा धेरै प्रगति हुन्छ भन्नेमा विश्वास गर्न सकिन्छ । अहिलेको स्थितिमा जीवन बीमाको प्रिमियम संकलन १५ प्रतिशतले बढेर २२ अर्ब रुपैयाँ पुगेको छ । यो स्थिति रहने हो भने अबको पाँच वर्षपछि प्रिमियम संकलन १ सय ७० अर्ब रुपैयाँ पुग्नेछ ।
प्रिमियम संकलनमा विशेष ध्यान दिने हो भने अबको पाँच वर्षमा वृद्धिदर ३० प्रतिशतमा रहि संकलन करिब एक खर्ब पुग्नेछ । यस्तो स्थितिमा प्रिमियम संकलन र यसको वृद्धि लागि धेरै सहयोगी सावित हुनेछ ।
देशका लागी वित्तीय जोखिम न्यूनिकरण गर्न र पूर्वाधार विकासमा बीमा धेरै सहयोगी भूमिकामा रहेको छ । नेपालमा हेर्ने हो भने राम्रो पूर्वाधार विकासको गति न्यून रहेको छ र नीति निर्माण गर्ने तहमा यसको समावेशिकरण गर्न सके जीवन बीमा देश विकास गर्ने एउटा राम्रो औजार हुन सक्छ ।
१.बीमाको प्राथमिकता – जीवन बीमा जनताको जीवनस्तर र देश विकास गर्न उत्तिकै महत्वपूर्ण छ र यसलाई नीति निर्माताले देश विकासको नीतिका यसलाई प्राथमिकताका साथ राखेर कर छुट, अतिरिक्त राहत दिएर ग्रामीण माइक्रोफाइनान्स र ग्रामीण स्वास्थ्यलाई प्रबन्ध सक्नुपर्दछ ।
२. मानव संसाधन र क्षमता वृद्धि– मानव संसाधनले कुनै पनि संगठनको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बृद्धि विकास, आधुनिकिकरण र मानविकीकरण गर्नमा ठूलो भूमिका खेलेको हुन्छ । एजेन्टहरु कुनै पनि कम्पनीको अग्रणी भूमिकामा रहेका हुन्छन् र उनीहरुले ग्राहकहरुलाई सबैभन्दा पहिले ‘अप्रोच’ गर्दछन् । उनीहरुको अचरणले बीमा कम्पनी राम्रो नराम्रो छुट्याउँदछ । ज्ञानको कमि र अव्यवसायिकताले सिंगो संगठनको आँचमाथि नकारात्मक अर्थ लाग्न सक्छ ।
एकपटक ग्राहकको छनौट भएसकेपछि त्यो सँधैका लागी रहन्छ र त्यसलाई व्यवस्थापनले पनि उत्तिकै महत्व दिनुपर्दछ । उसको क्षमता बृद्धिका लागी समय समयमा तालिममा सहभागी गराउनु पर्दछ । साथै यस्तो तालिम चाहिएको बखत संगठनका कर्मचारीलाई पनि दिइरहनुपर्छ ताकि उपयुक्त समयमा सांगठनिक प्रर्दशन गर्न सकोस । यसको साक्षी विगत केहि वर्ष यता नेपालका बीमा कम्पनीले भर्ना गरेको/गराएको तालीम र नयाँ भर्नामा राम्रा र योग्य व्यक्तिको छनौटले नै स्पष्ट पार्दछ ।
३. विविधतायुक्त प्रडक्ट र सही मूल्य – मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै क्रय शक्ति र आर्थिक वृद्धिको करणले दैनिक जीवनमा आवश्यकताको माग विविध र विशिष्टिगत भएको छ । समाजको विकेन्द्रित ढाँचाले गर्दा मानिसको आवश्यकतालाई पनि फरक र विविध बनाइदिएको छ ।
वर्तमान समयमा आधुनिक उत्पादन र समाजका धेरै व्यक्तिका लागी गरिएको माइक्रोइन्सोरेन्स उत्पादनले ग्रामिण भेगका कम अयस्रोत भएका मानिसहरुका लागि स्वास्थ्यसँग सम्बन्धित विषयलाई धेरै फाइदा पुगेको छ । बीमालाई उपयुक्त उत्पादन र वितरणको माध्यम वनाई नीति नियममा समावेश गर्न सके समाजको स्थायित्व र पछिसम्मका लागी फाइदा पुग्छ ।
४. जागरुकता र प्रचार – नेपालमा अहिलेसम्मको आँकडा हेर्ने हो भने करिब ९८ प्रतिशत जीवन बीमा व्यक्तिगत एजेन्टबाट भएको देखिन्छ । उनीहरुले बीमितलाई जीवन बीमा गर्नुपर्दछ र त्यसले तपाईंको जीवनमा धेरै फाइदा पुग्छ भनेर सिकाउने काम गर्छन् । उनीहरुले बीमा लगानी भन्दा पनि बढी सुरक्षा हो भनेर सम्झाउनु पर्दथ्यो ।
जवकी त्यो पूर्ण रुपमा उनीहरुका लागी काउन्सिलिङ होइन र त्यसले जनतामा जीवन बीमा गर्नका लागी धेरै रुपमा सकारात्मक भूमिका खेलिरहेको हुन्छ । जनताहरु बीमाको उत्पादन, बोनस, विक्रीको दर र धेरै किसिमका बीमा योजनाबारे जानकारि राख्न चाहिरहेका हुन्छन् । तर बीमाकर्ताहरुले यो भन्न सकिरहेका हँदैनन् । यसले गर्दा बीमा गर्ने व्याक्तीले उपयुक्त प्रडक्ट चयन गर्न सकिरहेको हुँदैन् ।
यो नै नेपाली बीमाकर्ताहरुको कमजोरिको पक्ष हो । बीमा कम्पनीले पनि यस्ता विशिष्ट कुराहरुलाई राम्रोसँग तालिममा संयोजन गर्न नसक्दा जनतामा नकारात्मक कुराहरुले प्रथमिकता पाउने कुरामा निश्चित छ ।
मानिसमा बीमाबारे चेतनाको कमीले गर्दा नेपाली बीमा कम्पनीहरुले चाहेजति व्यापार गर्न सकेका छैनन् । त्यसका लागी आवश्यक बीमाको प्रचारात्मक अभियान चलाउन सकिरहेका छैनन् र यसका लागी सम्बन्धित कार्यालयले योजना र कार्यक्रम गर्न सकिरहेको देखिँदैन ।
यसका लागि मिडिया क्याम्पेनिङ, डकुमेन्ट्री, आधुनिक र परम्परागत रुपमा व्यवहारिक दृष्टिकोणमा छलफल गर्न ग्रामीण क्षेत्रमा बीमा सुरक्षाबारेमा तल्लो तहमा गएर कार्यक्रम गर्ने र बीमाको बारेमा शैक्षिक क्षेत्रमा जानकारी गराइएमा यसको महत्व धेरै नै बढ्ने निश्चित छ ।
५. सुरक्षित र उपर्युक्त लगानिको वातावरण – कोष व्यवस्थापन कुनै पनि जीवन बीमा कम्पनीका लागी निर्णायक र महत्वपूर्ण विषय हो । नेपालमा हालसम्मको स्थिति हेर्ने हो भने करिव ८० प्रतिशत लगानि परम्परागत सहभागितामा आधिरित रहेर संयुक्त पुँजी निर्माण गरि लगानी गर्ने तरिका गरेको देखिन्छ जहाँ नीति निर्माणकर्ता वा लगानिकर्ताले त्यसको बोनस पाउँदछन् ।

बीमा कम्पनीहरुको स्तरका आधारमा उनीहरुले ३० देखि ८० प्रतिशतसम्म बोनस पाइरहेका हुन्छन् । बीमा कम्पनीको नतिजाको परिणाम अनुसार त्यसमा कायम रहेको नाफाबाट नकारात्मक असर नपर्ने गरि त्यसको नाफा पाउने गरेका छन ।
सम्पत्ति र दायित्वको अवधिको कारण जीवन बीमा कम्पनीहरु बेमेल खेपिरहेका छन् । यसका कारणले जीवन बीमा कम्पनीहरु छोटो समयका लागी लगानी गर्न बाध्य छन् र लामो अवधिका लागी लगानी गर्नका लागी औजारहरु प्रयोग गर्न सकिरहेका छैनन् । बीमा कम्पनीले दुई वर्ष अघिसम्म वाणिज्य बैंकमा फिक्स्ड डिपोजिटमा १२ प्रतिशतसम्म व्याज पाउँथे तर अहिले त्यो आधाभन्दा पनि कम चार प्रतिशतसम्म झरेको छ । यसले सबै बीमा कम्पनीको आम्दानी प्रभावित भएको छ।
जीवन बीमा कम्पनीका क्षेत्रमा राम्रो नीति र कार्यक्रम अख्तियार गर्न सकेमा यस क्षेत्रले समग्र बीमा क्षेत्रका साथसाथै समग्र देशको पूर्वाधार विकासमा पनि ठुलो योगदान रहने पक्का छ । अहिलेको आवश्यता भनेको उचित रणनैतिक रुपमा ग्रामीण क्षेत्रमा जीवन बीमा सम्बन्धित कार्यक्रमहरु गर्ने र जनतालाई बीमाको वारेमा जनचेतना जगाउने कार्य गर्नुपर्दछ । हामी सबैले हातमा हात मिलाई उत्तरदायित्व बोध गर्दै नेपाली जनतामाझ भन्नुपर्छ, ‘बीमामा प्राथमिकता दिऔँ ।‘
*विवेक झा नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।