BIZMANDU
www.bizmandu.com

तिहारमा मुलुकभर झिलीमिली, तीन दिन लोडसेडिङ नहुने, अध्यारोबाट मुक्ती

२०६९ मंसिर १

तिहारमा मुलुकभर झिलीमिली, तीन दिन लोडसेडिङ नहुने, अध्यारोबाट मुक्ती
तिहारमा मुलुकभर झिलीमिली, तीन दिन लोडसेडिङ नहुने, अध्यारोबाट मुक्ती

काठमाडौ । तिहारको समयमा विजुली भएका स्थान झिलीमिली हुने भएको छ । सरकारले मंगलबार, बुधवार र विहिवार लोडसेडिङ नगर्ने भएपछि तीन दिन भएपनि अध्यारोबाट मुक्ती पाउने भएका छन् । सरकारले कुलेखानी जलासयबाट सञ्चालन हुने दुवै आयोजनाबाट विजुली उत्पादन गरी तीन दिन चौविसै घन्टा विजुली दिनेछ । ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी दोस्रो चौविसै घन्टा चलाएर विजुली दिने उर्जा मन्त्रालयले जनाएको छ । तिहारको बेलामा उद्योग कलकारखाना बन्द हुने भएकोले विजुलीको खपत कम हुन्छ । यसबाट पनि लोडसेडिङ हटाउन सजिलो हुनेछ ।

Tata
GBIME
Nepal Life