BIZMANDU
www.bizmandu.com

इन्भेष्टमेन्ट बैंकको नाफा बढ्यो, पुँजी पर्याप्तता नहुँदा लगानी वढ्न सकेन, रियलस्टेट घट्यो

२०६९ कात्तिक २७

काठमाडौं । गत आर्थिक वर्षको वासलात राष्ट्र बैंकमा अड्किएर हैरानी खेपिरहेको नेपाल इन्भेष्टमन्ट बैंकले असोज मसान्तमा ६१.९२ प्रतिशतले नाफा बढाएको छ । बैंकले फस्ट क्वाटरमा नाफा ४७ करोड ७३ लाख रुपैयाँ पु¥याएको हो ।
नाफा वृद्धिसँगै बैंकको नोक्सानी व्यवस्थाको रकमसमेत २ गुणाभन्दा वढीलेवृद्धि भएको छ । नोक्सानी व्यवस्थामा ठूलो रकम राख्नु नपरेको भए बैंकको नाफा अझ वढ्ने थियो । यो रकम २२७ प्रतिशतले वढेर ८ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
बैंकको कुल ऋण ४.३७ प्रतिशतले वढेर ४४ अर्ब ४० करोड पुगेको छ । पुँजी पर्याप्तता अनुपात कम भएका कारण बैंकले चाहेर पनि ऋण लगानी गर्न सक्दैन । बैंकले रियलस्टेट कर्जा १३.२० प्रतिशतले घटाएको छ ।
बैंकको निक्षेप वृद्धि साढे पाँच प्रतिशतले वढेको छ । असोजमा बैंकको कुल निक्षेप ५४ अर्ब ४३ करोड पुगेको छ । बैंकको खुद व्याज आमनी ३८.४३ प्रतिशतले वढेर ६८ करोड ६६ लाख पुगेको छ ।
 

Tata
GBIME
Nepal Life