BIZMANDU
www.bizmandu.com

कन्जुमर बैंकको १७५ मा नेप्से ओपनिङ्ग, सिद्धार्थ विकास बैंकको कारोवार रोकियो

२०६९ कात्तिक २६

काठमाडौं । नेपाल स्टकमा सूचिकृत भएको लामो सयमपछि नेपाल कन्जुमर डेभलपमेन्ट एण्ड कमर्सियल बैंकले आइतवार डेब्यु गर्यो । बैंकको ओपनिङ्ग कारोवार प्रतिकित्ता १७५ रुपैयाँमा भयो । यो मूल्य बजारले निर्धारण गर्नुभन्दा पनि ओपनिङ्गका लागि भएको संकेत गर्दछ । आइतवार बैंकको एउटा कारोवारमा ५० कित्ता सेयर आठ हजार ७५० रुपैयाँमा कारोवार भएको थियो ।
उता स्टकले आइतवारदेखि सिद्धार्थ विकास बैंकको नेप्सेमा कारोवार रोकेको छ । सिद्धार्थ विकास बैंक पब्लिक विकास बैंकसँग मर्जर प्रक्रियामा जाने निर्णयपछि कारोवार रोकिएको हो । दुई विकास बैंकको मर्ज प्रक्रियाका विषयमा विहिवार साँझ सम्झौता भएको हो ।

Tata
GBIME
Nepal Life