BIZMANDU
www.bizmandu.com

एभरेष्ट होटेलको महाप्रवन्धकमा कापिला नियुक्त, मापसेलाई विशेष ‘सेवा’ दिने

२०६९ कात्तिक २६

एभरेष्ट होटेलको महाप्रवन्धकमा कापिला नियुक्त, मापसेलाई विशेष ‘सेवा’ दिने
एभरेष्ट होटेलको महाप्रवन्धकमा कापिला नियुक्त, मापसेलाई विशेष ‘सेवा’ दिने

काठमाडौं । एभरेष्ट होटेलको महाप्रवन्धकमा रवि कापिला नियुक्त भएका छन् । कापिला एसियाका विभिन्न पाँच तारे होटेलमा काम गरिसकेका अनुभवी मानिन्छन् । उनले तत्कालै होटेलको कोठा थप्ने भन्दा भएका कोठाको साजसज्जामा ध्यान दिने बताएका छन् । होटेलले यसअघि केही कोठा थप्ने घोषणा गरेको थियो ।
‘मैले कोठा थप्ने भन्दा भएका कोठालाई अझ राम्रो बनाउनेतर्फ ध्यान दिइरहेको छु,’ उनले भनेका छन्, ‘राम्रो कोठा बनाउने र ब्यांकेट तथा रेष्टुरेन्टलाई आर्कषक बनाउन लाग्नेछु ।’ प्रहरीले सवारी साधन चलाउनेलाई कारवाही गर्न थालेपछि रेष्टुरेन्टको कारोबारमा कमी आएको छ । यसैलाई मध्यनजर गर्दै रेष्टुरेन्टमा खान आउने ग्राहकलाई घरसम्म पु¥याउने व्यवस्था गर्न लागेको कापिलाले बताए ।
‘मदिरा पिएर सवारी चलाउन निषेध गरिएको रहेछ,’ उनले भने, ‘हामीले मदिरा पिउने ग्राहकलाई घरबाट ल्याउने र पुर्याउने व्यवस्था गर्दछौ ।’ यो वाहेक होटेलमा विभिन्न समयमा लाइभ म्युजिक लगायतका कार्यक्रम गरेर स्थानीय पाउनालाई समेत आर्कषित गर्नेछौ ।’

Tata
GBIME
Nepal Life