BIZMANDU
www.bizmandu.com

अरुणभ्यालीको सेयरधनीलाई १५ प्रतिशत लाभांस, तीस लाख कित्ता सेयर निष्कासनको अनुमति

२०६९ कात्तिक २५

काठमाडौं । अरुणभ्याली हाइड्रोपावर विकास कम्पनीले सेयरधनीलाई १५ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको शुक्रवार भएको १५ औं साधारणसभाले शेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर मिलानका लागि शुन्य दशमलब ७५ प्रतिशतका दरले नगद लाभांस दिने भएको छ ।
कम्पनीले नयाँ आयोजनाका लागि विदेशी लगानी भित्र्याउने निर्णयलाई साधारणसभाले पारित गर्दै थप तीन लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ ।
‘विदेशी लगानी भित्र्याउन थप तीस लाख कित्ता सेयर निष्कासनका लागि साधारणसभाले अनुमति दिएको छ,’ कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले भने । यो सेयर निष्कासनपछि कम्पनीको पुँजी एक अर्ब पुग्छ ।
अहिले कम्पनीको जारी पुँजी ८० करोड रुपैयाँ रहेको छ । यसअघिको १:१ हकप्रद सेयर निष्कासनको कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । कम्पनीले संखुवासभाको पिलुवाखोलामा तीन मेगावाट र गुल्मीको रिडीखोलामा पनि विजुली उत्पादन गरिरहेको जनाएको छ ।
कम्पनीले नयाँ आयोजनाहरुमा २५ मेगावाट उत्पादन क्षमताको कावेली बी–१, संखुवासभाको पिलुवाखोलामा ९.६ मेगावाट उत्पादन क्षमताको माथिल्लो पिलुलाखोलाको सम्भाब्यता अध्ययन गरिसकेको छ ।

Tata
GBIME
Nepal Life