BIZMANDU
www.bizmandu.com

मेगा बैंकले विस्तार गर्यो १५ शाखामा एटिएम, अब ३१ स्थानमा

२०६९ कात्तिक २३

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले २८ वटा शाखासहित देशका विभिन्न स्थानमा ३१ वटा एटीएम जडान गरेको छ । नयाँ १५ शाखामा एटिएम जडान गरिएपछि ३१ स्थानमा एटीएम सेवा बिस्तार भएको मेगा बैंकले जनाएको छ ।
उपत्यकाका टेकु, महाराजगन्ज, ठिमी, बौद्ध मैतीदेवी तथा उपत्यका बाहिरका बिर्तामोड, धरान, विराटनगर, वीरगन्ज, जनकपुर, हरिवन, चौतारा, स्याफ्रुबेसी, धादिङबेसी, नारायणगढ, पोखरा, वुटवल, भैरहवा, दाङ, नेपालगन्ज, दैलेख र धनगढीमा यो सेवा विस्तार भएको मेगा बैंकका एटीएम प्रमुख शम्भुबहादुर थापाले जानकारी दिए ।
कान्तिपथस्थित केन्द्रीय कार्यालय मेगा महलमा २ वटा एटीएममार्फत सेवा पुर्याउँदै आएको मेगा बैंकले ग्राहकको आवश्यकता बमोजिम ठमेल र सुन्धारास्थित चाइनाटाउनमा यसअघि नै एटीएम जडान गरिसकेको छ ।

Tata
GBIME
Nepal Life