BIZMANDU
www.bizmandu.com

मंगलवार नेप्सेको मंगल भयो, ठूला बैंक, जलविद्युत र टेलिकमको सेयर बढेपछि नेप्सेमा छलाङ्ग

२०६९ कात्तिक २१

मंगलवार नेप्सेको मंगल भयो, ठूला बैंक, जलविद्युत र टेलिकमको सेयर बढेपछि नेप्सेमा छलाङ्ग
मंगलवार नेप्सेको मंगल भयो, ठूला बैंक, जलविद्युत र टेलिकमको सेयर बढेपछि नेप्सेमा छलाङ्ग

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नजिकिंदै गरेको लक्ष्मीपूजाको असर देखिन थालेको छ । दशैंपछि एक दिनबाहेक निरन्तर बढिरहेको नेप्से मंगलवार पुरै हरियो भयो । चार्टड बैंकसँगै ठूला बैंकको सेयर मूल्य बढेपछि त्यसको सेन्टिमेन्ट अन्य कम्पनीको सेयर मूल्यमा समेत पर्यो ।
नविल बैंकको सेयर मूल्यमा पनि ठूलै वृद्धि भयो । नबिल बैंकको साधरण सेयर ३६ रुपैयाँले बढेर १३ सयको सीमा पार गर्दै १३१६ मा कारोवार भयो । नबिल बैंक संस्थापक सेयर मूल्य समेत मंगलवार ४८ रुपैयाँले बढेर प्रतिकित्ता ८६० रुपैयाँमा कारोवार भयो ।
सोमवार घटेको अरुण भ्यालीले मंगलवार फेरी १३ रुपैयाँको वृद्धि पाएपछि प्रतिकित्ता १४३ मा कारोवार भयो । बैंक अफ काठमाण्डूको ८ रुपैयाँले बढेर ५९८ मा कारोवार भयो । छिमेक लघुवित्त विकास बैंकको सेयर मूल्य १८ रुपैयाँले वृद्धि भयो ।
क्लिन इनर्जी विकास बैंकको सेयर मूल्य समेत १२ रुपैयाँले बढेर १९७ मा कारोवार भयो भने चिलिमेको सेयर मूल्य मंगलवार पनि २७ रुपैयाँले बढेर ११०५ मा कारोवार भयो । चिलिमेको सोमवार समेत ४३ रुपैयाँले सेयर मूल्य बढेको थियो ।
मंगलवार एभरेष्ट बैंकको समेत चाँदी कटाइ भयो । प्रतिकित्ता ३५ रुपैयाँले सेयर मूल्य बढेपछि प्रतिकित्ता १०५० मा कारोवार भयो । मंगलवार सहयोगी विकास बैंकको सेयर मूल्य समेत १८ रुपैयाँले बढ्यो । बुक क्लोजिङका कारण प्रभु फाइनान्सको सेयर मूल्य १९ रुपैयाँले तल १४५ प्रतिकित्तामा कारोवार भयो । मंगलवार सगरमाथा इन्सुरेन्सको समेत १८ रुपैयाँले सेयर मूल्य बढेर प्रतिकित्ता सात सय रुपैयाँमा कारोवार भयो ।
मंगलवार नेप्से सूचकांक ५.१९ अंकले बढेर ४६३.३६ अंकमा पुग्यो । बैकिङ्ग समूहको सुचकांक ६.५८ अंकले बढ्यो । विकास बैंक समूहको १.६६ अंकले, जलविद्युत समूहको १३.४२ अंकले बढ्यो । फाइनान्स, इन्सुरेन्स र अन्य समूहको सुचकांक समेत मंगलवार माथि चढ्यो ।

Tata
GBIME
Nepal Life