BIZMANDU
www.bizmandu.com

हप्ताभरको सेयर कारोबार; कारोबार रकम ६३ प्रतिशतले बढ्यो, सेयर सूचकमा भने २७ अंकको गिरावट

२०७२ मंसिर १२

हप्ताभरको सेयर कारोबार; कारोबार रकम ६३ प्रतिशतले बढ्यो, सेयर सूचकमा भने २७ अंकको गिरावट
हप्ताभरको सेयर कारोबार; कारोबार रकम ६३ प्रतिशतले बढ्यो, सेयर सूचकमा भने २७ अंकको गिरावट

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५० कम्पनीको सेयर कारोबार भएको छ । जस अनुसार १२ हजार ६ सय १५ कारोबारबाट एकअर्ब २४ करोड १२ लाख २० हजार रुपैयाँ बराबरका २४ लाख ३६ हजार ६ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 
 
अघिल्लो साताको तुलनामा यो साता कारोबार रकम ६३.७८ प्रतिशते बढेको छ । अघिल्लो साता १ सय ४३ कम्पनीको कारोबार भएको थियो । जस अनुसार ४८ सय ६८ कारोबारबाट ७५ करोड ८२ लाख ३३ हजार रुपैयाँ बराबरका १५ लाख ८७ हजार तिन सय ९० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

Tata
GBIME
Nepal Life

कारोबार रकमका आधारमा उत्कृष्ट पाँच कम्पनी

कारोबार रकममा सुधार आएपनि साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २७.३७ अंकले घटेर अन्तिम दिन १०४४.०१ अंकमा पुगेको स्टक एक्सचेन्जले जनाएको छ । साताभरमा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५.९२ अंकले घटेर २२५.३७ अंकमा आइपुगेको छ ।
 
यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । उसको आठ करोड ८१ लाख १० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । यो साता सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किमको सेयर धेरै कित्ता कारोबार भए भने कारोबार संख्याका आधारमा अपी पावर कम्पनी अग्रस्थानमा रहे । 
 
यो साता पाँच वित्तीय संस्थाका सेयर सूचीकृत भए क्लिन भिलेज माइक्रोफाइनान्सको चार लाख कित्ता, रिलायबल माइक्रोफाइनान्सको पाँच लाख कित्ता, वोमी माइक्रो फाइनान्सको तीन लाख कित्ता र नेपाल ग्रामीण विकास बैंकको ५५ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भए । 
 
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रहेको थियो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।