BIZMANDU
www.bizmandu.com

नेपालबाट चीन जाने ९७% वस्तुमा भन्सार नलिने घोषणा, सात अफ्रिकी मुलुकलाई पनि सुविधा

२०७२ मंसिर ११

Tata
GBIME
Nepal Life

वेइजिङ । सन् २०१५ देखि चीनले नेपालबाट निर्यात हुने ९७ प्रतिशत वस्तुमा शून्य भन्सार नीति लागू गर्ने भएको छ। नेपालसँगै सात अफ्रिकी मुलुकहरुले पनि यस्तोखाले व्यापारिक सुविधा पाउने भएका छन्।

डिसेम्बर १०, २०१५ देखि नयाँ व्यवस्था हुने कस्टम ट्यारिफ काउन्सिलले जानकारी दिएको छ। यसको घोषणा भने फोरम अन चाइना-अफ्रिका कोअपरेसनको आगामी डिसेम्बर २ देखि ५ मा दक्षिण अफ्रिकाको जोहनसवर्गमा हुने बताइएको छ। चिनिया राष्ट्रपति जि जिनपिङ उक्त समारोहमा उपस्थित हुनेछन्।

यस्तो सुविधा पाउने ७ मुलुकहरुमा कोमोरोस, इस्लिमक गणतन्त्र मौरिटानिया, टिगो, लाइबेरिया, रुवान्डा, एंगोला र जिम्बाबे रहेका छन्।