BIZMANDU
www.bizmandu.com

ग्लोबल आईएमई बैंकले सुकेधारामा खोल्यो शाखा, उपत्यका भित्रै ३१ वटा शाखा र ४६ एटिएम

२०७२ मंसिर ९

ग्लोबल आईएमई बैंकले सुकेधारामा खोल्यो शाखा, उपत्यका भित्रै ३१ वटा शाखा र ४६ एटिएम
ग्लोबल आईएमई बैंकले सुकेधारामा खोल्यो शाखा, उपत्यका भित्रै ३१ वटा शाखा र ४६ एटिएम

काठमाडौं । ग्लोबल आईएमई बैंकले काठमाडौंको सुकेधारामा शाखा स्थापना गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार यो शाखा उद्घाटन गरेका हुन् । 
 
यो सहित बैंकले कुल ८८ वटा शाखा पुर्याएको छ । ग्लोबलको उपत्यका भित्रै ३१ वटा शाखा पुगेका छन् । बैंकले सुकेधाराको शाखा परिसरमा एटिएम मेशिन पनि स्थापना गरेको छ । बैंकका काठमाण्डौँ उपत्यका भित्र एटिएम संख्या ४६ पुगेको छ ।


 
शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललगायत व्यवस्थपनका उच्च पदाधिकारीको उपस्थिती थियो । सुकेधारा शाखासँगै काठमाडौं उपत्यका भित्र मात्रै ग्लोबल आइएमई बैंकको शाखा संख्या ३१ पुगेको छ भने काठमाण्डौँ उपत्यका भित्र एटिएम संख्या ४६ पुगेको छ । 
 
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ । 
 
हाल बैंकको ६३ अर्ब निक्षेप ५२ अर्ब भन्दा बढि कर्जा प्रवाह, ८८ वटा शाखा, १० वटा राजश्व संकलन काउण्टर, ९३ वटा एटिएम, चार वटा एक्सटेन्सन काउण्टर तथा ३७ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् । 
 
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा तथा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जापान लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको जनाइएको छ । 
 

Tata
GBIME
Nepal Life