BIZMANDU
www.bizmandu.com

शुल्कसहित टेलिकमले सार्वजनिक गर्‍यो सियुजी योजना, ५० जनाभन्दा ठुलो समूहले लिन सक्ने

२०७२ मंसिर ८

शुल्कसहित टेलिकमले सार्वजनिक गर्‍यो सियुजी योजना, ५० जनाभन्दा ठुलो समूहले लिन सक्ने
शुल्कसहित टेलिकमले सार्वजनिक गर्‍यो सियुजी योजना, ५० जनाभन्दा ठुलो समूहले लिन सक्ने

काठमाडौं। नेपाल टेलिकमले जिएसएम पोष्टपेड मोवाइलमा दिएको क्लोज युजर ग्रुप (सियुजी) सेवाको शुल्क तोकेको छ। यसअघि विशेष समयमा मात्रै दिइएको सियुजी सेवा अब सधैं दिने उद्देश्यले टेलिकमले शुल्कसहितको योजना ल्याएको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।
 
'यसअघि वार्षिकोत्‍सव लगायतका कार्यक्रममा मात्रै हामीले यो सेवा दिने गरेका थियौं,' उनले भनिन्, 'अब भने सधैं दिने उद्देश्यका साथ यो सेवालाई निरन्तरता दिन खोजिएको हो।' विहीबारदेखि यो सेवा सुरु हुनेछ।
 
टेलिकमका अनुसार ५० देखि सय जनाको सियुजी समूह बनाएका ग्राहकले न्यूनतम ५० पैसा प्रति मिनेट, एकसय एकदेखि दुईसय जनाको सियुजी समूह बनाएका ग्राहकका लागि ४५ पैसा प्रति मिनेट र दुईसय एकदेखि पाँचसय जनाको सियुजी समूहका ग्राहकलाई ४० पैसा प्रतिमिनेट शुल्क तोकिएको छ। ५० जना भन्दा कम सदस्य भएको समूहले भने सेवा लिन पाउने छैनन्।
 

Tata
GBIME
Nepal Life

यो सबै शुल्कमा कर भने समावेश नगरिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। जिएसएम पोष्टपेड सेवाका ग्राहकले मासिक रुपमा तिर्नु पर्ने न्यूनतम महसुल तीनसय भित्र नै यो सुविधा लिन सक्ने टेलिकमले जनाएको छ।