BIZMANDU
www.bizmandu.com

गौरिशंकर वालमन्दिरलाई म्याक्स मिडियाको सहयोग, १७ अनाथलाई तीन महिनाको खाद्यान्न

२०६९ कात्तिक २०

गौरिशंकर वालमन्दिरलाई म्याक्स मिडियाको सहयोग, १७ अनाथलाई तीन महिनाको खाद्यान्न
गौरिशंकर वालमन्दिरलाई म्याक्स मिडियाको सहयोग, १७ अनाथलाई तीन महिनाको खाद्यान्न

काठमाडौ ।    म्याक्स मिडियाले आफ्नो ‘शिक्षित नेपाल हो समृद्ध नेपाल’ भन्ने सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत यसबर्ष दोलखाको चरिकोट स्थित ‘गौरिशंकर वालमन्दिर’का अनाथ वालवालिकालाई सहयोग गरेको छ । समृद्ध नेपालकालागि शिक्षा सवैभन्दा महत्वपूर्ण भएकोले म्याक्स मिडियाले हरेक बर्ष शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको छ । यसै क्रममा यस बर्ष उक्त वालमन्दिरका अनाथ वालवालिकालाई पाठ्यपुस्तक एवं स्टेशनरी सामाग्रि उपलब्ध गराएर सहयोग गरेको हो ।

उक्त सामाग्रि उपलब्ध गराउने क्रममा वालमन्दिरको अवस्था दयनीय देखिएको र त्यहाँ आश्रित वालवालिकालाई खुवाउन खाद्यानको नै समस्या परेको पाइएपछि करिव तीन÷चार महिनाकालागि पुग्ने खाद्यान्नका साथ साथै उनीहरूकालागि आवस्यक पर्ने अन्य अत्यावस्यकीय सामाग्रि समेत उपलब्ध गराइएको छ । हाल उक्त वाल मन्दिरमा १७ अनाथ वालवालिका आश्रित छन् ।  
सहयोग सामाग्रि हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उक्त वालमन्दिरका सचिव राकेश श्रेष्ठले कठीन अवस्थामा रहेको वालमन्दिरमा सहयोग गरेकोमा त्यसको उच्च प्रशंसा गर्दै मुलुकभर रहेका वालमन्दिरका अन्य शाखाको अवस्थापनि निकै नाजुक रहेकोले ती शाखाहरूमा पनि सहयोगको अपेक्षा गरिएको वताउनुभयो । म्याक्स मिडियाले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत गत बर्ष सोलुखुम्वुको लुक्ला स्थित लुक्ला माविमा पाठ्यपुस्तक, स्टेशनरी एवं लत्ताकपडा उपलब्ध गराएको थियो ।

Tata
GBIME
Nepal Life