BIZMANDU
www.bizmandu.com

जगदम्बा एफक्यान अवार्डको प्रायोजक, वार्षिक १३ लाख रुपैयाँ प्रदान गर्ने

२०६९ कात्तिक २०

काठमाडौं । जगदम्बा स्टीलले नेपाल निर्माण व्यवसायी महासंघले वितरण गर्ने निर्माण क्षेत्र कै सबैभन्दा ठूलो पुरस्कार ‘एफक्यान अवार्ड’को प्रायोजन गरेको छ । १२ लाख ९९ हजार रुपैयाँ वार्षिक तिर्नेगरी स्टीलले प्रायोजन गरेको हो । मंसिर २२ गते सम्पन्न हुने ‘राष्ट्रिय निर्माण दिवस’को अवसरमा वितरण गरिने विभिन्न पुरस्कारहरुको लागि जगदम्बाले यस अगाडि तिनवर्षे प्रायोजन गरेको थियो ।
अब तिनवर्षको लागि लागु हुनेगरी जगदम्बाले सो पुरस्कारको प्रयोजन गरेको हो । सोमबार यस विषयमा जगदम्बा स्टील र नेपाल निर्माण व्यवसायी महासंघबीच ६ बुँदे सम्झौता भएको छ ।

सम्झौतामा जगदम्बा स्टीलको तर्फबाट सह–प्रबन्ध निर्देशक शाहिल अग्रवाल र महासंघको तर्फबाट महासचिव सरदकुमार गौचनले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछाने, एसोसिएट उपाध्यक्ष तथा पुरस्कार सम्मान समितिका संयोजक विष्णुभाई श्रेष्ठ, उपाध्यक्ष कर्णबहादुर मल्ल, उप–महासचिव(नीतिगत) बासुदेव उप्रेती, सह–कोषाध्यक्ष खोपनीधि लोहनी र कार्यसमिति सदस्य तथा पुरस्कार प्रायोजक व्यवस्थापन उप—समिति संयोजक निकोलश पाण्डेको उपस्थिती थियो ।
सम्झौतामा नेपाल निर्माण व्यवसायी महासंघले निर्माण दिवसको अवसरमा प्रदान गर्ने पुरस्कारको प्रायोजन जगदम्बाले गर्ने र पुरस्कारमा जगदम्बा स्टील एफक्यान एक्सिलेन्स अवार्ड नाम दिईने उल्लेख गरिएको छ । त्यस्तै नेपाल निर्माण व्यवसायी महासंघले पुरस्कार प्रयोजनको लागि कार्यक्रम स्थल तथा सञ्चारमाध्ययममा जगदम्बा स्टील्सको विज्ञापन राख्ने सहमति पनि भएको छ
नेपाल निर्माण व्यवसायी महासंघले विगत चार वर्षदेखि विभिन्न विधामा निर्माण दिवसको अवसर पुस्कारहरु वितरण गर्दै आईरहेको छ । यो वर्ष महासंघले ‘पाँचौं राष्ट्रिय निर्माण दिवस’ मनाउँदै छ । महासंघले पुरस्कार तथा सम्मान नियमावली–२०६९ अनुसार विभिन्न २६ विधामा पुरस्कार वितरण गर्दै आइरहेको छ । 

Tata
GBIME
Nepal Life