BIZMANDU
www.bizmandu.com

एक महिनाको अवधिमा अधिकांश तरकारीको भाउ घट्यो, आलु र प्याज सस्तो हुँदा गोभेंडाको भाउ बढ्यो

२०७२ मंसिर ६

एक महिनाको अवधिमा अधिकांश तरकारीको भाउ घट्यो, आलु र प्याज सस्तो हुँदा गोभेंडाको भाउ बढ्यो
एक महिनाको अवधिमा अधिकांश तरकारीको भाउ घट्यो, आलु र प्याज सस्तो हुँदा गोभेंडाको भाउ बढ्यो

काठमाडौं। एक महिनाको अधविधमा गोलभेडां बाहेक अधिकांश तरकारीको भाउ घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार अघिल्लो महिनाको तुलनामा अहिले तरकारी केही सस्तो भएको हो।
 
कालीमाटी बजारका अनुसार गोलभेंड ठुलो र सानो दुवैको भाउ बढेको छ। दुवै गोलभेंडाको मूल्य औषतमा ४५ प्रतिशतले बढेको बजारले जनाएको छ। अरु तरकारीहरुमा आलुको भाउ २० प्रतिशतले घटेको छ। आलु रातो र सेतो दुवैको मूल्यमा कमी आएको हो।
 

Tata
GBIME
Nepal Life

यस्तै सुख्खा प्याजको मूल्य पनि घटेको छ। प्याजको मूल्यमा ६ प्रतिशतले कमी आएको छ। गाजर र बन्दागोभीको मूल्यमा पनि गिरावट आएको कालीमाटी बजारले जनाएको छ।
 
यस्तै काउलीको मूल्य अघिल्लो महिनाको तुलनामा आधा भन्दा धेरैले सस्तो भएको छ। सेतो मुलाको मूल्य पनि ४५ प्रतिशतभन्दा धेरैले घटेको कालीमाटी बजारले जनाएको छ।