BIZMANDU
www.bizmandu.com

आइएमई बचत १० लाख योजनाको बिजेता घोषित, वृजेशकुमार यादवले जिते १० लाख रुपैयाँ

२०७२ मंसिर ३

आइएमई बचत १० लाख योजनाको बिजेता घोषित, वृजेशकुमार यादवले जिते १० लाख रुपैयाँ
आइएमई बचत १० लाख योजनाको बिजेता घोषित, वृजेशकुमार यादवले जिते १० लाख रुपैयाँ

काठमाडौं । इन्टरनेशलन मनी एक्सप्रेस (आइएमइ)ले सञ्चालन गरेको आइएमई बचत १० लाख अफरको लक्की ड्रमार्फत विजेता घोषणा गरेको छ । मलेसियामा रहेका वृजेशकुमार यादवले १० लाखको फिक्सड डिपोजिट जितेका छन् । उनले  ९९ हजार २ सय ७१ रुपैयाँ आइएमईमार्फत पठाएका थिए । 
 
रेमिट्यान्स कारोबार गर्ने कम्पनी मध्ये सबैभन्दा धेरै कर तिरेर सम्मानित भएको कम्पनीले आफ्नो योजनाको विजेता लक्की ड्रमार्फत सार्वजनिक गरेको हो । 
कार्यक्रममा आइएमईका प्रमुख हेमराज ढकालले आफ्नो कम्पनी नाफामुखी मात्र नभइ समाजमा सामाजिक, आर्थीक गतीविधि सक्रिय बनाउन लागिपरेको बताए । उनले यसले विदेशबाट भित्रिएको रेमिट्यान्सको सदुपयोगकका लागी छात्रवृत्ती कार्यक्रमहरु ल्याउने गरेको पनि बताए । 
 
आइएमइका मार्केटिङ प्रमुख ड्यानियल डी श्रेष्ठले भने, ‘यस कम्पनीले अहिलेसम्म मूल्यवान योजना मात्र ल्याउने गरेको छ, हामीले मानिसहरुलाई बचत गर्नेुपर्छ भन्ने सन्देश दिन हरेक अफरमा सेभीङ अकाउण्ट खोल्ने गरेका छौं ।’

Tata
GBIME
Nepal Life