BIZMANDU
www.bizmandu.com

राष्ट्रिय वाणिज्य बैंकको लुभु शाखा फेरी सञ्चालनमा, ४१ जना युवालाई स्वरोजगार ऋण

२०६९ कात्तिक १९

ललितपुर । एक दशक अघि विस्थापित भएको राष्ट्रिय बाणिज्य बैंकको लुभु शाखा आइतवारबाट फेरी सञ्चालनमा आएको छ । शाखाको शुभारम्भ अर्थमन्त्री वर्षमान पुन अनन्तले गरे । लुभु शाखा माओवादी द्वन्द्वका कारण १० वर्ष पहिले विस्थापित भएको थियो ।
लुभु शाखा कार्यालयले उद्घाटन पश्चात ४१ जना युवालाइ स्वरोजगार कोषको ऋण प्रदान गरेर काम सुरु गरेको छ । अर्थमन्त्री पुनले उद्घाटन समारोहमा ४१ जना युवा युवतीलाई ऋणको चेक प्रदान गरेका थिए । उद्घाटन समारोहमा अर्थमन्त्री पुनले राष्ट्रिय वाणिज्य बैंक वाणिज्य बैंकहरुको लिड बैंक बन्दै आक्रामक नीति लिएर अघि बढ्नु पर्ने बताए ।
राष्ट्रिय वाणिज्य बैंक समस्याबाट मुक्त भईसकेकाले अब आक्रमक रुपमा अघि बढ्नु पर्ने उनको सुझाव थियो । युवा स्वरोजगार कोष कार्यक्रम विना धितो ऋण प्रदान गरेर बेरोजगार युवालाई स्वरोजगार बनाउने मात्र नभएर उत्पादन प्रणालीमा आधुनीकीकरण ल्याउन थालिएको उनले बताए ।

Tata
GBIME
Nepal Life