पहिलो दिन सरकारले मोटरसाइकलका हकमा ३० लटसम्म र कारका लागि ५ लटसम्मका लागिमात्रै तेल वितरण गर्ने जनाएको थियो। इन्धन अभावको चरम अवस्था खेपिरहेको अवस्थामा सरकारले तोकेका लटका सवारी त लाइनमा रहे नै सँगै अन्य लटका गाडी पनि तेलको प्रतीक्षामा रहेको देखियो।
सरकारले आगामी साताको तिहारलाई लक्षित गरेर पेट्रोल वितरण गरेको हो। पेट्रोलका लागि मानिसहरु धर्यताका साथ रातभरि नै जागा रहे। बिहीबार पेट्रोलपम्पमा देखिएको दृष्य :