काठमाडौं । माभेरिक कम्पनीले माट्टेल ब्रान्डको खेलौनाको बिक्री सुरु गरेको छ । गोल्छा अर्गनाइजेसन अन्तर्गतको माभेरिकले विश्व प्रसिद्ध खेलौना ल्याएर बिक्री थालेको हो । माट्टेल खेलौना उत्पादन र डिजाइनमा विश्वमै अग्रणाी मानिन्छ । यसले बार्बी, हट ह्विल्स र फिसरप्राइस जस्ता खेलौना उत्पादन गर्दै आएको छ । यी खेलौनाहरु काठमाडौ लगायतका विभिन्न सहरका मल र डिर्पाटमेन्टल स्टोरमा पाइने कम्पनीले जनाएको छ ।