BIZMANDU
www.bizmandu.com

अमेरीकी अर्थतन्त्रमा सुधार, कन्जुमर कन्फिडेन्स इन्डेक्स पाँच वर्षकै उच्च, उपभोक्ता खर्च बढ्यो

२०६९ कात्तिक १७

लण्डन । अमेरीकी उपभोक्ताहरुको अर्थतन्त्रमाथिको विश्वास बढेर पाँच वर्ष यता कै उच्चस्तरमा पुगेको छ । कन्जुमर कन्फीडेन्स इन्डेक्समा आएको यो सुधारले अर्थतन्त्रमा दिगो सुधार हुने आशा पलाएको छ ।

Tata
GBIME
Nepal Life

ताजा तथ्यांक अनुसार सेप्टेम्बर महिनाको कन्जुमर कन्फिडेन्स इन्डेक्स अगस्टको ६८.४ बाट बढेर ७२.२ मा आएको छ । रोजगारीका नयाँ अवसरहरु सृजना भई बेरोजगारी दर घटेको तथ्यांक आएसँगै उपभोक्ता विश्वास सुचकांक बढेको अधिकारीहरुको विश्वास छ । यस अघि सन् २००८ मा मात्रै परिसूचक अहिलेको अवस्थामा देखिएको थियो ।
अमेरीकी अर्थतन्त्रमा उपभोगको हिस्सा ७० प्रतिसतको हाराहारिमा भएको हुनाले उपभोक्ताको अर्थतन्त्र प्रतिको विश्वासले आर्थिक बृद्धिमा महत्वपूर्ण योगदान पुरयाउँछ । अर्थतन्त्रमा सुधार आउने विश्वास भएपछि उपभोक्ताहरले बढि खर्च गर्न थाल्छन जसले आर्थिक बृद्धिमा सकारात्मक असर पार्छ ।
उपभोक्ताको विश्वास बलियो भएको तथ्यांकसँगै प्रकाशित छुट्टै तथ्यांकले सेप्टेम्बरमा उपभोक्ता खर्चमा समेत बृद्धि भएको देखाएको छ । वाणिज्य विभागको तथ्यांक अनुसार सेप्टेम्बरमा उपभोक्ता खर्च ०.६ प्रतिसतले बढेको छ । सकारात्मक तथ्यांक आएपछि अमेरीकी सेयर बजार परिसुचक डाउजोन्स एक प्रतिसतले माथि चढेको छ ।
अमेरीकी सरकारले अघिल्लो महिना सार्वजनीक गरेको तथ्यांकमा अर्थतन्त्र तेश्रो त्रैमासमा वार्षिक २ प्रतिसतका दरले विस्तार भएको उल्लेख गरिएको थियो ।