मलेका । मलेसियाको ऐतिहासिक सहर मलेका अध्यागमनले १४ नेपालीसहित १ सय ३९ जना गैर कानुनी रुपमा काम गरिरहेका विदेशीलाई पक्रेको छ।
पक्राउ पर्नेमा सबैभन्दा धेरै वंगलादेशी १ सय २० जना रहेका छन्। अध्यागमन विभागले वुकिट रामवी औद्योगिक क्षेत्रमा छापा मारेर गैर कानुनी रुपमा रहेका कामदारलाई पक्रेको हो।
बंगालदेशी र नेपाली सहित समातिएका उनीहरुको उमेर २० देखि ४५ वर्षसम्मका रहेको मलेका अध्यागमन विभागका मोहम्मद लामस अथमानले जानकारी दिए।
गैर कानुनी रुपमा कामदार राख्नेलाई समेत प्रहरीले पक्राउ गरेको छ।