BIZMANDU
www.bizmandu.com

नेपाली फुटवलरको व्यवसायिक यात्रा, साहुखलले चावहिलमा खोले स्वीस घडीको शोरुम

२०६९ कात्तिक १५

नेपाली फुटवलरको व्यवसायिक यात्रा, साहुखलले चावहिलमा खोले स्वीस घडीको शोरुम
नेपाली फुटवलरको व्यवसायिक यात्रा, साहुखलले चावहिलमा खोले स्वीस घडीको शोरुम

काठमाडौं । नेपालका फुटवल खेलाडी सन्तोष साहुखल पनि व्यवसायी बनेका छन् । उनले चावहिलको केएल टावरमा स्विस घडीको सोरुम खोलेका छन् । ग्रिनविच टाइम जोन प्रालिले स्विस घडी बिक्री थालेको हो ।

कम्पनीले स्विजरल्यान्डमा बनेको क्लड बनार्ड र ज्याकस डुमानो ब्रान्डका घडी बिक्री गर्नेछ ।  नेपालका लागि स्विजरल्यान्डका राजदूत थोमस गास, अखिल नेपाल फुटवल संघका अध्यक्ष गणेश थापा, हास्यकलाकार हरिवंश आचार्य र क्लाउडे बर्नाडका प्रतिनिधि एलेन वोरेलले सोरुम संयुक्त रुपमा उद्घाटन गरे ।
कम्पनीका प्रवन्ध निर्देशक सन्तोष साहुखलले मध्यमवर्गलाई लक्षित गरेर स्विस घडी ल्याएको बताए । स्विस घडी भन्ने वित्तिकै धेरैमा महँगो भन्ने छाप छ त्यसलाई हटाएर मध्यमवर्गलाई लक्षित गरेर दुई वटा ब्रान्डको घडी ल्याएका हौं, उनले भने । कम्पनीले १५ हजारदेखि ५० हजारसम्मका घडी बिक्रीमा राखेको छ । कम्पनीमा ४० लाख रुपैयाँ लगानी गरिएको छ ।

Tata
GBIME
Nepal Life