BIZMANDU
www.bizmandu.com

याहुले फेरी चोर्यो गुगलको कर्मचारी

२०६९ कात्तिक १४

याहुले फेरी चोर्यो गुगलको कर्मचारी
याहुले फेरी चोर्यो गुगलको कर्मचारी


न्युयोर्क । प्रमुख कार्यकारी अधिकृत गुगलबाट चोरेको याहुले प्रमुख संचालन अधिकृत पनि गुगलबाट चोरेको छ । कम्पनीले गुगलका सिनियर म्यानेजर हेनरीक डि कास्ट्रोलाई  प्रमुख संचालन अधिकृत नियु्क्त गरेको हो । याहुको प्रमुख कार्यकारी अधिकृत रहेकी मारिसा मायर पनि गुगलबाटै आएकी हुन् ।
कम्पनीका अनुसार डि कास्ट्रोले कम्पनी बिक्री सहित अन्तरिक संचालन, संचारमाध्यम तथा व्यवसाय विकास लगायका क्षेत्र सम्हाल्ने छन् । प्रतिस्पर्धी कम्पनीको तुलनामा निक्कै पछि परेको याहु पछिल्लो समयमा पुनः माथि उठने प्रयास गरिरहेको छ ।
कम्पनीले अमेरिकी धितोपत्र बजारको नियामक निकाए सेक्युरिटीज् एण्ड एक्सचेञ्ज कमिसनलाई दिएको जानकारी अनुसार डि क्यास्ट्रोले वार्षिक ६ लाख डलर तलब पाउने छन् ।
यसैगरी उनले वार्षिक रुपमा तलबको ९० प्रतिसतसम्म बोनस पाउन सक्नेछन् । कम्पनीमा आवद्ध भएको एक साता भित्रमा डि क्यास्ट्रोले दश लाख डलर बराबरको नगद बोनस र केहि सेयर पनि बोनसमा पाउने छन् । चार वर्षे कार्यकालमा कम्पनीको अपेक्षा अनुसारको काम भए उनलाई पाँच करोड ६० लाख डलर बराबरको सेयर दिइनेछ ।
‘याहुको इतिहासमा यो महत्वपूर्ण समय हो र हामिलाई अवसर प्राप्त हुनेमा म विश्वस्त छु, डि कास्ट्रोलाई प्रमुख संचालन अधिकृत नियु्क्त गरेपछि सिईओ मारिसा मायरले भनिन्, ‘इन्टरनेट विज्ञापनका क्षेत्रमा उनको अनुभवले ठूला ठूला कम्पनीहरुलाई समेत स्थापित हुन सहयोग पु¥याएको छ । उनी याहुकालागि उपयु्क्त ब्यक्ति हुन् ।”
इन्टरनेट सर्च र इमेलमा अग्रणी कम्पनीको रुपमा रहेको याहु पछिल्लो समयमा आन्तरीक तथा वाह्य दुबै कारणले पछि परिरहेको छ । सर्च तथा इमेल दुबै क्षेत्रमा याहुलाई गुगलले निक्कै पछि पारिसकेको छ ।
यसैगरी पछिल्लो समयमा फेसबुक जस्ता सोसियल नेटवर्किङ साईटको लोकप्रियताले परम्परागत इमेल सेवा प्रदायकको व्यवासमा समेत असर परेको छ । सोसियल नेटवर्किङ साईटका कारण याहुको विज्ञापनमा समेत असर परेको छ । गतवर्ष कम्पनीको अनलाईन विज्ञापन आम्दानी ९.५ प्रतिसतले घटेको छ भने सन् २००९ को तुलनामा आम्दानी १५.७ प्रतिसतले घटेको छ ।
यस्तोका गुगलका दुई महारथीमाथि कम्पनीको आम्दानी लगायत साख समेत बढाउने जिम्मेवारी आएको छ । सिईओ मायर भने डि कास्ट्रोको आगमनसँगै कम्पनी धेरै क्षेत्रमा सुधार गर्न सक्षम हुनेमा विश्वस्त छन् । गुगलको अनुभवले याहुको पुनर्उत्थानमा सहयोग पुग्ने मायरको विश्वास छ ।

Tata
GBIME
Nepal Life