BIZMANDU
www.bizmandu.com

मूल्यवृद्धिमा राष्ट्र बैंकको प्रक्षेपणले हावा खायो, ७ प्रतिशतको पूर्वानुमान ११ प्रतिशत पुग्यो

२०६९ कात्तिक ४

काठमाडौं । नेपाल राष्ट्र बैंकले मूल्य वृद्धि साढे सात प्रतिशतमा राख्ने प्रक्षेपण गरे पनि भदौमा ११.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको भदौमा मूल्य वृद्धि दर ८.५ प्रतिशत थियो । अघिल्लो महिना साउनमा मूल्य वृद्धि ११.९ प्रतिशत थियो ।
खाद्य तथा पेय पदार्थ र गैरखाद्य तथा सेवाको मूल्य बढेका कारण मूख्य वृद्धि उकालो लागेको राष्ट्र बैंकले जनाएको छ । खाद्य तथा पेय पदार्थ समुहको मूल्य वृद्धि दर १०.४ प्रतिशत पुगेको छ । गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि दर ११.९ प्रतिशत छ । अघिल्लो वर्ष खाद्य तथा पेयरको १०.१ प्रतिशत र गैरखाद्य र सेवाको मूल्य वृद्धि दर ७.२ प्रतिशत थियो ।
खाद्य तथा पेय पदार्थतर्फको चिनी तथा मिठाइको मूल्य वृद्धि सबैभन्दा उच्च छ । यसको मूल्य वृद्धि २३.४ प्रतिशत छ । अघिल्लो वर्ष मूल्य वृद्धि ५.७ प्रतिशत थियो । घिउ तथा तेल र सूर्तिजन्य पदार्थको मूल्य पनि उच्च अंकले लढेको छ । घिउतेलको २१.५ प्रतिशत र सुर्तिको १७.९ प्रतिशतले मूलय वढेको छ । हल्का पेय पदार्थ र रेष्टुरेन्ट तथा होटलका मूल्य १२.६ प्रतिशत र १२.२ प्रतिशतले वढेको छ । सवैभन्दा बढी काठमाडौं उपत्यकामा ११.९ प्रतिशत, तराईमा ११.२ प्रतिशत र पहाडमा १०.५ प्रतिशतले मूल्य बढेको छ ।

Tata
GBIME
Nepal Life