BIZMANDU
www.bizmandu.com

उत्तरगंगा निर्माणका लागि चिलिमे र हाइड्रो चाइनावीच सहमति, २०१५ बाट निर्माण

२०६९ कात्तिक ३

उत्तरगंगा निर्माणका लागि चिलिमे र हाइड्रो चाइनावीच सहमति, २०१५ बाट निर्माण
उत्तरगंगा निर्माणका लागि चिलिमे र हाइड्रो चाइनावीच सहमति, २०१५ बाट निर्माण

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले बाग्लुङमा रहेको उतरगंगा जलविद्युत आयोजना निर्माण गर्न हाइड्रो चाइनासँग समझदारी गरेको छ । आठ वर्षअघिको अध्ययन अनुसार तीन सय मेगावाटबाट विद्युत उत्पादन गर्ने यो जलाशययुक्त आयोजना हो ।
संयुक्त अध्ययन र निर्माण गर्न दुवै कम्पनीवीच समझदारी भएको हो । विस्तृत अध्ययन गर्न दुई वर्ष लाग्ने र सन् २०१५बाट निर्माण सुरु गर्ने प्रस्ताव चिलिमेको छ ।
उतरगंगा नदीको पानीलाई वर्षायाममा पाँच महिना जम्मा पारेर हिउँदको सात महिनासम्म चलाउन सकिन्छ । यो आयोजना निर्माण भएमा हिउँदमा हुने लोडसेडिङलाई कम गर्न सकिन्छ ।
 आयोजनाले वार्षिक एक अर्ब ५३ करोड युनिट विजुली निकाल्ने प्रारम्भिक अध्ययनले देखाएको छ । यो अयोजनालाई चिलिमेले देशभित्रकै बैक तथा वित्तीय संस्था, सर्वसाधरणको सेयर र नपुग रकम विदेशबाट ऋण लिएर बनाउने प्रस्ताव गरेको छ ।

Tata
GBIME
Nepal Life