BIZMANDU
www.bizmandu.com

चीनको बृद्धि सुस्तायो, रिबाउण्ड हुने लक्षण बलियो

२०६९ कात्तिक २

बेईजिङ । चालु वर्षको तेश्रो त्रैमासमा चीनीयाँ अर्थतन्त्रको बृद्धि सुस्ताएको छ । ताजा तथ्यांक अनुसार जुलाई – सेप्टेम्बरको त्रैमासमा चीनको बृद्धि वार्षिक ७.४ प्रतिसतका दरमा मात्रै भएको छ । यद्यपि अप्रिल–जुनको त्रैमासमा ७.६ प्रतिसतले बढेको चीनीयाँ अर्थतन्त्रमा देखिएको सुस्तता दिर्घकालिन प्रकृतिको नभएको विष्लेशकहरुको भनाई छ । पछिल्लो सात त्रैमासयता चीनीयाँ अर्थतन्त्रको बृद्धि क्रमशः सुस्ताउँदै गएको छ ।
त्रैमासको अन्तिम महिनामा औद्योगिक उत्पादनमा बृद्धि हुनुका साथै खुद्रा विक्री एवं स्थीर सम्पतीमा लगानी बढेको हुनाले आगामि त्रैमासमा बृद्धिदर पुनः उक्लने संभावना देखिएको छ । निर्यातमा आधारित अर्थतन्त्र युरोप तथा अमेरीकामा देखिएको आर्थिक सुस्तताका कारण सुस्त दरमा बृद्धि भईरहेको छ ।

Tata
GBIME
Nepal Life

चीन सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार सेप्टेम्बर महिनामा औद्योगिक उत्पादन अपेक्षा गरिए भन्दा बढी ९.२ प्रतिसतले बढेको छ । अगस्टमा यस्तो बृद्धिदर ८.९ प्रतिसत थियो । यसैगरी खुद्रा बिक्री अघिल्लो वर्षको तुलनामा १४.२ प्रसिसतले बढेको छ । यसैगरी अर्थतन्त्रप्रतिको सकारात्मकता सूचक अघिल्लो महिनाको २.७ प्रतिसतको तुलनामा उच्च ९.९ प्रतिसतले माथि उक्लेको छ । तथ्यांक प्रकाशित भए लगत्तै हङकङको सेयर परिसूचक हाङ सेन ०.७ प्रतिसतले र चीनको सांघाई एक्सचेञ्च १.२ प्रतिसतले माथि चढेको छ ।

आर्थिक बृद्धि दिगो पार्नुका साथै उपभोग बढाउने उद्देश्यका साथ चीनले हालका दिनमा विभिन्न सहायता प्याकेजहरु प्रदान गरिरहेको छ । उपभोक्ताको हातमा बढी पैसा जाओस भन्ने उद्देश्य सहित केन्द्रिय बैंकले विगत केहि महिनामा तीन पटक अनिवार्य नगद मौज्दात दर घटाइसकेको छ । यसैगरी केन्द्रीय सरकारले १५० अर्ब डलर बराबरको भौतिक संरचना निर्माण प्याकेज घोषणा गरेको छ । यस बाहेक आर्थिक बृद्धिको दर कायमै राख्नकालागि आवश्यकता अनुसार विभिन्न नीति तर्जुमा गर्ने सरकारको भनाई छ ।
चीनमा यसै वर्ष सत्ता परिवर्तन समेत हुने भएकाले समग्र विश्वको ध्यान चीनमा केन्द्रीत छ ।