BIZMANDU
www.bizmandu.com

रेडबुलको क्यासफुल अफर, बनेपाका पारस र पोखराका नरेन्द्रलाई लाख रुपैयाँ पुरस्कार

२०६९ कात्तिक २

काठमाडौं । इनर्जी ड्रिंक्स रेडबुलले बजार प्रवद्र्धन गर्न ल्याएको ‘रेडबुल क्यासफुल’ योजनाको उपहार बनेपाका पारस थापा र पोखराका नरेन्द्र आचार्यले प्राप्त गरेका छन् । दुबै जनाले रेडबुलको बिर्कोमा अंकित एक लाख रुपैयाँ प्राप्त गरेको कम्पनीले जनाएको छ । रेडबुलको नेपालका लागि आधिकारिक बिक्रेता जीबी मार्केटिङ प्रालिका व्यापार प्रवद्र्धन निर्देशक आशिष विष्ट र बजार व्यवस्थापक पहल अलिवहलेले थापा र आचार्यलाई एक लाख रुपैयाँ हस्तान्तरण गरे ।
विजेता थापाले वालुवाटारको भाटभटेनी सुपरमार्केट र आचार्यले पोखराको आचार्य सपिङ सेन्टरबाट रेडबुल खरिद गरेका थिए । तीन महिना अघि सुरु भएको योजनामा २ सय ५० भन्दा बढी उपभोक्ताले ५, १० र २० हजार रुपैयाँ नगद प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life