BIZMANDU
www.bizmandu.com

मारुती आठ सय अल्टोबाट विस्थापित, भारतमा भारु साढे दुई लाख मूल्य

२०६९ कात्तिक २

मारुती आठ सय अल्टोबाट विस्थापित, भारतमा भारु साढे दुई लाख मूल्य
मारुती आठ सय अल्टोबाट विस्थापित, भारतमा भारु साढे दुई लाख मूल्य


नयाँदिल्ली । मारुती सुजुकीले मारुती ८०० लाई मारुती अल्टोको रुपमा बजारमा ल्याएको छ । कम्पनीले मंगलबार नयाँ अल्टो सार्वजनिक गरेको हो । मध्यमवर्गीय उपभोक्तालाई लक्षित गर्दै मारुतीले नयाँ कार बजारमा ल्याएको हो ।
मारुतीको ८०० विस्थापित गरेर अल्टो सेग्मेन्टमा नयाँ कार बजारमा ल्याएको हो । यो कारको मूल्य दुई लाख ४४ हजार भारुदेखि तीन लाख ५६ हजार भारुको बीचमा रहेको कम्पनीले जनाएको छ । यो कारले एक लिटर पेट्रोलमा २२ दशमलब ७४ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।
नयाँ अल्टोको बुकिङ सेप्टेम्बरको अन्तिमबाट सुरु भएको थियो । कम्पनीका अनुसार अहिलेसम्म दस हजारले कारको माग गरिसकेका छन् । कम्पनीले सन् २००० को सेप्टेम्बरमा अल्टो कार बजारमा ल्याएको थियो । अहिलेसम्म कम्पनीले २० लाख अल्टो कार बिक्री गरिसकेको दावी गरेको छ ।

Tata
GBIME
Nepal Life