BIZMANDU
www.bizmandu.com

किङ्स कलेज अब अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा, विदेशकै गुणस्तरमा शिक्षा

२०७२ भदौ २२

किङ्स कलेज अब अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा, विदेशकै गुणस्तरमा शिक्षा
किङ्स कलेज अब अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा, विदेशकै गुणस्तरमा शिक्षा

काठमाडौं । व्यवस्थापनमा उच्च शिक्षा अध्ययन अध्यापन गराउँदै आएको किङ्स कलेजले अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेको छ । 

यो कलेजले गुणस्तर सुनिश्चितता (क्युएए/एक्रिडिएसन) प्राप्त विश्वविद्यालयको सम्बन्धन लिएको हो । यस अघि किङ्सले इन्टरनेशनल अमेरिकन युनिभर्सिटीको सम्बन्धन लिएको थियो । इन्टरनेशनल अमेरिकन युनिभर्सिटीको क्युएए÷एक्रिडिएसन नभएको कारण वेस्टक्फिलसँग सम्बन्धन लिएको जानकारी पनि कलेज दिएको छ । 
 
गत साउन ३२ गतेको मन्त्रीपरिषद् बैठकले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्चशिक्षा सञ्चालन गर्ने सम्बन्धी (पहिलो संशोधन) निर्देशिका २०७२ स्वीकृत गरेको छ । यो निर्देशिका विदेशी विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धन लिएर नेपालमा स्नातक तह वा सो भन्दा माथिल्लो तहको शिक्षण संस्था सञ्चालन गर्ने कार्यलाई व्यवस्थित र नियन्त्रित गराउने उदेश्यले लागु भएको हो । 
 
निर्देशिका अनुसार सम्बन्धनप्रदायक विश्वविद्यालयले गुणस्तर सुनिश्चितता क्युएए/एक्रिडिएसन प्राप्त नगरेको अवस्थामा सञ्चालनमा रहेको शिक्षण संस्थाले गुणस्तर सुनिश्चितता प्राप्त गरेको अन्य विश्वविद्यालयसँग पाँच वर्षभित्र सम्बन्धन लिइसक्नु पर्नेछ । यही कारण किङसले वेस्टक्लिफसँग सम्बन्धन लिएको कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 
यो सम्बन्धनलाई भदौ पहिलो साता सरकारले स्वीकृति प्रदान गरिसकेको छ । एक्रिडिएसन प्राप्त गरेको हालको विश्वविद्यालयबाट प्रदान गरिने शिक्षा र शिक्षण विधि अझ बढी प्रभावकारी रहेको दावी पनि कलेजले गरेको छ । 
 
किङ्सले अमेरिकी विश्वविद्यालयको आबद्धता लिई चारबर्षे बीबीए र दुई बर्षे एमबीए र  उद्यमशिलतामा एमबीए कार्यक्रम विगत ६ बर्षदेखि सञ्चालन गर्दै आएको छ । 
 
‘बिदेशी डिग्रीका लागि वर्षेनी ३० हजार भन्दा बढी नेपाली विद्यार्थीहरु अमेरिकालगायतका देश जाने जान्छन् । विदेशमा हुने खर्चको २० प्रतिसत रकममा स्वदेशमै उक्त डिग्री उपलब्ध गराउनाले विदेश जाने सोच भएका विद्यार्थीलाई आफ्नै घर, आँगन र परिवेशमा गुणस्तरीय शिक्षाका साथै विश्वभरि रोजगारीको अवसर सिर्जना गर्न हामी प्रतिवद्ध छौं,’ कलेज काकार्यकारी निर्देशक नरोत्तम अर्यालले भने । 
 

Tata
GBIME
Nepal Life