नेपाल राष्ट्र बैंकले दुई बर्षको समय दिएर बाणिज्य बैंकहरुलाई चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएसँगै बैंकिङ क्षेत्र, सेयर बजारसँगै संसदसमते तताएको छ ।
सञ्चालनमा रहेका ३० बाणिज्य बैंकहरुको औषत चुक्ता पुँजी तीन अर्ब सात करोड रुपैयाँ रहेको छ । औषतभन्दा कम पुँजी हुने बैंकहरु २१ वटा छन् ।
बैंकहरुले आफैले पुँजी पुर्याउन वोनस सेयर र हकप्रद सेयरमा जानु पर्ने हुन्छ । वोनस सेयरको विकल्पमा जाँदा तीन बर्षको नाफा बाँड्न सकिन्छ भने अरु विकल्पमा जाँदा दुई बर्षभित्र आठ अर्ब रुपैयाँ पुँजी पुर्याउनु पर्ने हुन्छ ।
केही ठूला बैंकहरुले आफै पुँजी पुर्याउन सक्ने भएपनि नयाँ र साना बैंकले भने ठूलै कसरत गर्नु पर्ने हुन्छ । ती बैंकले आफै पुँजी पुर्याउँछु भनेर लाग्दा पनि तीन गुणासम्म हकप्रद सेयर जारी गर्नु पर्ने हुन्छ ।
दुई बर्षको समयमा आफैले पैसा हालेर पुँजी पुर्याउन यस्ता बैंकलाई सजिलो छैन, यि बैंकहरु मर्जरमै जाने सम्भावना वढी छ । तर संयुक्त लगानी भएका बैंकले के गर्छन् त ?
मैले विदेशी संयुक्त लगानीमा खुलेका ठूला बैंकहरुका बारेमा केही अध्ययन तथा विश्लेषण गरेको छु ।
Bank |
Paid-up Capital
(Rs Billion) |
Reserve
(Rs Billion) |
Book Value Per Share (Rs) |
Business |
Net Profit (Rs Billion) |
EPS Ann. (Rs) |
MPS (Rs) |
Price to Earning (PE) Ratio |
Price to Book Value (PB) Ratio |
Total Distributable Amount
(Rs Billion) |
Deposit
(Rs Billion) |
Loan
(Rs Billion) |
NABIL |
3.66 |
6.08 |
266.39 |
103.96 |
67.16 |
2.10 |
57.40 |
2,465 |
42.95 |
9.25 |
2.08 |
HBL |
3.33 |
3.84 |
215.22 |
72.52 |
55.43 |
1.10 |
32.87 |
1,250 |
38.03 |
5.81 |
1.31 |
EBL |
2.14 |
4.88 |
342.18 |
83.09 |
55.36 |
1.57 |
78.82 |
3,185 |
40.41 |
9.31 |
2.24 |
SBI |
3.06 |
2.63 |
186.03 |
51.63 |
39.98 |
1.07 |
34.84 |
1,515 |
43.48 |
8.14 |
0.84 |
SCB |
2.24 |
4.14 |
284.42 |
57.27 |
28.00 |
1.29 |
57.51 |
2,800 |
48.69 |
9.84 |
1.04 |
NBB |
2.43 |
2.47 |
201.60 |
33.83 |
25.82 |
0.79 |
32.59 |
664 |
20.37 |
3.29 |
0.76 |
नबिल बैंक
नेपालकै ठूलो व्यवसायिक घराना चौधरी समूहको मुख्य लगानी रहेको नबिल बैंक आफै बोनस सेयर दिएर आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन सक्ने एक मात्र विदेशी संयुक्त लगानी भएको बाणिज्य बैंक हो । हाल नबिलको चूक्तापुँजी तीन अर्ब ६६ करोड रुपैयाँ छ । यो पुँजीका आधारमा तीन बर्ष लगातार ३० प्रतिशतका दरले वोनस सेयर दिँदा चुक्ता पुँजी सजिलै आठ अर्ब रुपैयाँ पुग्छ ।
नबिल बैंकमा चौधरी समूहको लगानी भएको विदेशी साझेदार एनबी इन्टरनेशनलको ५० प्रतिशत र राष्ट्रिय बीमा संस्थानको ९.६७ प्रतिशत सेयर छ भने साधरण सेयर तर्फ चौधरी समूहको झण्डै चार प्रतिशत छ । वर्तमान पुँजी संरचनाअनुसार साधरण र संस्थापनकसहित नबिल बैंकमा चौधरी समूहको स्पष्ट बहुमत छ । अर्को संस्था गाभिँदा यो संरचना खल्बलिन्छ, त्यसैले नबिल बैंकको कुनै अर्को बैंक तथा वित्तीय संस्थालाई गाभ्ने सम्भावना न्युन छ ।
हिमालयन बैंक
पाकिस्तानको हबिब बैंक लिमिटेडको २० प्रतिशत सेयर र कर्मचारी सञ्चय कोषको १४ प्रतिशत सेयर लगानी रहेको हिमालयन बैंकमा सर्वसाधरण समूहतर्फ जम्मा १५ प्रतिशत मात्र सहभागिता छ । अहिले बैंकको तीन अर्ब ३३ करोड रुपैयाँ चुक्ता पुँजी छ । बैंकले गत बर्षको मुनाफा (अपरिस्कृत) र जगेडा कोषबाट समेत गरी ३७ प्रतिशतसम्म बोनस सेयर दिन मिल्ने देखिन्छ । बैंकले पुँजी आठ अर्ब रुपैयाँ पुर्याउन तीन बर्षको नाफाबाट वोनस सेयर र आवश्यक परे हकप्रद निस्कासन गर्न सक्छ । विदेशी बैंकको लगानी रहेकाले हिमालयनले पनि अर्को संस्थालाई गाभेर पुँजी संरचना परिवर्तन गर्ने निर्णय नगर्न सक्छ ।
नेपाल एसबिआई बैंक
भारतको स्टेट बैंक अफ इन्डिया (एसबिआइ) कोे ५५.२८ प्रतिशत र कर्मचारी सञ्चय कोषको १५.०८ प्रतिशत मुख्य लगानी रहेको नेपाल एसबिआई बैंकको अहिले तीन अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी छ । कृषि विकास बैंक लिमिटेडले आर्थिक बर्ष २००८/०९ मा बिक्री गरेको नेपाल एसबिआईको सबै पाँच प्रतिशत सेयर भारतको एसबिआइ बैंकले किनेको तथ्यले उसले आफ्नो हिस्सा घटाउँदैन भन्ने पुष्टी गर्छ ।
त्यसैले नेपाल एसबिआईले सेयर संरचना परिवर्तन भएर घट्ने गरी अर्को संस्था गाभ्ने सम्भावन लगभग छैन । बैंकले आफ्नै क्षमताले चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने सम्भावनानै वढी छ । अघिल्लो आर्थिक वर्षको मुनाफा र जगेडा कोषबाट गरी बैंकले यस पटक २५ प्रतिशत वोनस सेयर वितरण गरी चुक्ता पुँजी तीन अर्ब ८२ करोड रुपैयाँ पुर्याउन सक्छ । बैंकको मुनाफा वृद्धि दर हेर्दा आगामी दुई आर्थिक वर्षको मुनाफाबाट बैंकले झण्डै दुई अर्ब रुपैयाँ चूक्ता पुँजी बोनस सेयर वितरणबाट बढाउन सक्छ र नपुग चुक्ता पुँजी अर्थात दुई अर्ब २० करोड रुपैयाँको हकप्रद सेयर जारी गरी आफैले आठ अर्ब पुर्याउने सम्भावन वढी छ ।
एभरेष्ट बैंक
भारतको पञ्जाव नेशनल बैंकको २० प्रतिशत र नेपाली लगानीकर्तातर्फ विष्णुकृष्ण श्रेष्ठ समूहको मुख्य लगानी रहेको यस बैंकको चुक्ता पुँजी दुई अर्ब १४ करोड (१२ करोडको क्युमिलेटिभ कन्भर्टिवल फ्रिफरेन्स सेयरसमेत गरी) रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको मुनाफा र जगेडा कोषबाट गरी बैंकले दुई अर्ब २४ करोड (जगेडा कोषबाट पूँजी समायोजन कोष, सेयर प्रिमियम कोष तथा संचित नाफा÷नोक्सान कोषबाट लाभांश वितरण गर्न मिल्ने) सम्म लाभांश वितरण गर्नसक्छ । तर चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउनका लागि आगामी दुई आर्थिक बर्षको नाफाबाट मात्रै सम्भव देखिँदैन ।
बेलाबेलामा विभिन्न बैंक तथा वित्तीय संस्थासँग गाभ्ने वा गाभिने तथा प्राप्ति (एक्विजिसन) गर्ने भन्दै चर्चामा आईराख्ने यस बैंकले अब भने साँच्चै कुनै बैंक तथा वित्तीय संस्थालाई गाभ्नु पर्ने हुन्छ । अर्को संस्था नगाभे हकप्रद सेयर जारी गरी आफै चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउनु पर्ने हुन्छ । यदि एभरेष्ट बैंकले आपैm चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याए अहिले १०० कित्ता सेयर हुनेको २०७३/७४ आर्थिक वर्षको वार्षिक साधारण सभासम्ममा झण्डै ४०० कित्ता पुग्ने छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ग्रिन्डेज अष्ट्रेलियाको ५० प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंक बेलायतको २५ प्रतिशत सेयर छ । बैंकमा नेपाली लगानीकत्र्तातर्फ कसैको उल्लेखनीय सेयर छैन । विगतमा नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको पुँजी वृद्धि योजना ल्याउने गृहकार्य गर्दा नेपाल छाडेर जाने चुनौती दिएको बैंकले अहिलेको नीतिका बारेमा औपचारिक कुनै प्रतिकृया जनाएको छैन । हाल २० प्रतिशतमाथि रिटन अन इक्विटी रहेको यस बैंकले कम मुनाफा आउने भन्दै नेपाल छोड्ने सम्भावना कम छ । आर्कोतर्फ नेपालमा संविधान जारी भई राजनीतिक स्थिरता कायम भए वैदेशिक लगानी वृद्धि हुने अवस्थामा स्ट्याण्डर्ड चार्टडले नेपाल छोड्ने कुरै आउदैन ।
अघिल्लो आर्थिक वर्ष सहित आगामी दुई आर्थिक वर्षको मुनाफाबाट मात्रै बोनस सेयर वितरण गरी पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने सम्भावन कम छ । केही स्थानमा शाखा बन्द गरेको यस बैंकले आर्को बैंक तथा वित्तीय संस्थालाई गाभ्ने सम्भावना पनि कम छ । पुँजी वृद्धि गर्नु परे नेपाल छोड्ने भनेको बैंकले हकप्रद सेयर जारी गरी थप लगानी बढाउने सम्भावना पनि कम छ । आफ्नो मूख्य लगानीकर्ताको ७५ प्रतिशत सेयर हिस्सा केही घट्दैमा पुँजी संरचना खास फरक नपर्ने हुँदा आवश्यक पुँजी वृद्धि गर्न बैंकले थप सेयर निस्कासन (एफपिओ) गर्न सक्छ । बैंकले अपुग पुँजी वोनस सेयर र सेयर प्रिमियमबाट पुर्याउन सक्छ ।
नेपाल बङ्गलादेश बैंक
आईएफआईसी बैंक बंगलादेशको ४०.९१ प्रतिशत र नेपालीतर्फ एनवी समूहको मुख्य लगानी रहेको यस बैंकको हालको चुक्ता पुँजी दुई अर्ब ४३ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षको मुनाफा र जगेडा कोषबाट समेत गरी ७५ करोड ७५ लाख रुपैयाँको वोनस सेयर वितरण गर्न सक्छ । यति हुँदाँ हुँदै पनि आगामी दुई आर्थिक वर्षको मुनाफाबाट मात्रै पुँजी आठ अर्ब रुपैयाँ पुर्याउन सम्भव हुँदैन । स्वदेशी संस्थापक एनवी समूहको प्रमुख लगानी रहेको अर्को बाणिज्य बैंक नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकलाई गाभ्न राष्ट्र बैंकले नै भूमिका खेलिरहेको छ । बैंकले आठ अर्ब पुँजी वोनस सेयर र मर्जरबाट पुर्याउन सक्छ ।