काठमाडौं । बाणिज्य बैंक,जलविद्युत कम्पनी र टेलिकम उछालिएपछि बुधवार सेयर बजारले पनि राम्रो प्रदर्शन गरेको छ । टेलिकमको सेयर मूल्य प्रतिकित्ता १३ रुपैयाँले बढेर ६६० रुपैयाँमा कारोवार भयो । टेलिकमको अघिल्लो कारोवार ६४७ रुपैयाँमा बन्द भएको थियो । बुधवारको वृद्धिले टेलिकम फेरी एक खर्बको कम्पनी बन्ने लाइनमा लागेको छ ।
बुधवार टेलिकममा पनि राम्रै वृद्धि देखियो । बुटवल पावरको सेयर मूल्य २४ रुपैयाँले बढेर ७७९ रुपैयाँमा कारोवार भयो भने चिलिमेको सेयर मूल्य पनि १० रुपैयाँले बढेर ९७५ रुपैयाँमा कारोवार भयो । सिटिजन्स बैंकको सेयर मूल्इ दश रुपैयाँले बढेर २०९ मा कारोवार भयो, एभरेष्ट बैंकको पनि ठूलै वृद्धि देखियो । एभरेष्टको सेयर मूल्य १६ रुपैयाँले बढेपछि प्रतिकित्ता ११६० रुपैयाँमा कारोवार भयो ।
हिमालयन बैंकको ११ रुपैयाँले बढेर ७२१ मा, माछापुच्छ्रे बैंकको १४ रुपैयाँले बढेर १८२ रुपैयाँमा, नेपाल एसबिआई १० ले बढेर ५२७, सिद्धार्थ बैंक ११ ले बढेर ३०२ र स्ट्याण्डर्ड चार्टड बैंक ३४ रुपैयाँले बढेर १७८९ रुपैयाँमा कारोवार भयो ।
अधिकांश ठूला बैंक, जलविद्युत कम्पनी र टेलिकमको सेयर मूल्य बढेपछि नेप्सेको भित्तो हरियो भयो । बुधवार एकैदिन नेप्से ५.८६ अंकले बढेर ४३३.१६ अंकमा पुग्यो । जलविद्युत समूह १४.६४ अंकले बढेर ९२५.११ अंकमा पुग्यो, टेलिकमको कारोवार हुने अन्य समूह १५.२७ अंकले बढेर ७७५.४ अंकमा बन्द भयो ।