BIZMANDU
www.bizmandu.com

उन्नाइस दिनको बन्दले उपभोग्य वस्तुको अभाव, जनजीवन अत्यन्तै कष्टकर, कालो बजारी बढ्यो

२०७२ भदौ १६

उन्नाइस दिनको बन्दले उपभोग्य वस्तुको अभाव, जनजीवन अत्यन्तै कष्टकर, कालो बजारी बढ्यो
उन्नाइस दिनको बन्दले उपभोग्य वस्तुको अभाव, जनजीवन अत्यन्तै कष्टकर, कालो बजारी बढ्यो

गौशाला । विगत १९ दिनदेखि जारी अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीको जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।
 
बन्दको कारण खाद्यवस्तु, पेट्रोलियम पदार्थ र औषधि अभावसमेत सिर्जना भएको छ ।

Tata
GBIME
Nepal Life

 

छोटो तथा लामो दूरीका सवारीसाधन पूर्णरुपमा ठप्प रहेको छ भने हाटबजार, कलकारखाना, उद्योगधन्दा, बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय सबै प्रभावित भएका छन् ।
 
बन्दका कारण जिल्लामा खाद्य सङ्कट उत्पन्न हुन थालेको छ भने लुकाइछिपाइ बिक्री गरिने खाद्यवस्तु र पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । त्यस्तै जिल्लामा बाहिरबाट आवश्यक औषधिसमेत आउन छाडेपछि विरामीहरु थप मर्कामा परेका छन् ।
     
बन्दको मारमा सबभन्दा बढी दैनिक रोजगारी गरेर जीवनयापन गर्ने मजदुर परेका छन् । उनीहरुले कति दिनदेखि पेटभरि खान नपाएका गुनासो समेत गरेका छन् । सहर बजारमा बस्नेले बजार खुल्ला नभएका कारण पैसा भएर पनि आवश्यक वस्तु खरिद गर्न सकेका छैनन् । रासस